May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ

नेपालको बलिङ कोच भए लगत्तैरोडी रोडी इस्टविकले दिए यस्तो प्रतिक्रिया

  • साझा परिवेश
  • सोमवार, चैत्र २६, २०८० १३:२८
नेपालको बलिङ कोच भए लगत्तैरोडी रोडी इस्टविकले दिए यस्तो प्रतिक्रिया

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बलिङ प्रशिक्षकमा वेस्ट इन्डिजका रोडी इस्टविकलाइ नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार नियुक्त गरेको छ।

क्यानले आइतबार एक विज्ञप्ति जारी गर्दै एस्टविकको नियुक्तिबारे जानकारी दिएको हो । आइसिसी टी-२० विश्वकप अघि उनलाई बलिङ प्रशिक्षक नियुक्त गरिएको हो। वेस्ट इन्डिजका उनीसँग क्षेत्रीय टिमसँग काम गरेको अनुभव छ।

६३ वर्षीय इस्टविक पछिल्लो समय वेष्ट इण्डिजको बी टीमको प्रशिक्षक थिए । उनले ३७ प्रथम श्रेणी र ४२ लिस्ट ए क्रिकेट प्रतियोगिता खेलेका छन्। प्रथम श्रेणीका ४९ खेलमा उनले ३७६ रन बनाएका थिए भने १४१ विकेट लिएका थिए। लिस्ट ए का ४२ खेलमा उनले १०० रन बनाउँदा ४३ विकेट लिएका थिए।

एस्टविकले वेस्ट इन्डिजको सिनियर टोलीको बलिङ प्रशिक्षकको रुपमा पनि काम गरेका छन् । उनले सन् २०१६ देखि २०२२ मा पटक पटक वेस्ट इन्डिजको जिम्मेवारी सम्हालेका थिए ।

बलिङ प्रशिक्षकमा नियुक्त भएपछि एस्टविकले प्रतिक्रिया दिँदै नेपाली राष्ट्रिय टोलीमा काम गर्न पाउनु आफ्नो लागि गर्वको विषय रहेको उनले बताएका छन्।

‘ नेपाली क्रिकेटसँग काम गर्ने अवसर पाउँदा गर्वको अनुभव गरेको छु । मैले पछिल्लो ८ वर्ष वेस्ट इन्डिजको सिनियर टोलीसँग बटुलेको अनुभव साट्नेछु । पछिल्लो समय नेपालले क्रिकेटमा राम्रो गरिरहेको छ। नेपाली क्रिकेटलाई अझैमाथि लैजानका आफ्नो तर्फबाट सकिने प्रयास गर्नेछु,’ उनले भने ।

नेपालका वर्तमान प्रशिक्षक मोन्टि देशाइ वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षक हुँदा यी दुईले सँगै काम गरेका थिए । साथै मुख्य प्रशिक्षक मोन्टि देशाइले एस्टविकसँग काम गरेको अनुभवले उनी नेपालको लागि राम्रो गर्नेमा आफू विश्वस्त रहेको बताए छन् । एस्टविकलाई आइसीसी टि२० विश्वकप सम्मका लागि अनुबन्ध गरिएको हो । एस्टविकले यसै साता ओमानमा सुरु हुने एसीसी मेन्स प्रिमियर कपबाट टोलीसँग जोडिनेछन् ।

नेपाली क्रिकेट टिम भारतमा तयारी गरेपछि ओमा

  • साझा परिवेश
  • सोमवार, चैत्र २६, २०८० १३:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।