काठमाडौं- सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थको सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको हो।
राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा मरासिनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियाे।
विशेष अदालतले उनलाई सफाइ दिएपछि मन्त्रिपरिषदले अर्थसचिवको जिम्मेवारी दिएको हो।
अर्थकाे सचिवमा मरासिनी आएसँगै हालका अर्थसचिव कृष्णहरि पुस्करलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।
मरासिनी यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य तथा आपूर्ति सचिव थिए।