May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अन्योलमा

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १३:४३
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अन्योलमा

यसअघि परराष्ट्रमन्त्री नभएकै कारण भ्रमणमा ढिलाइ भएको बताइने गरिएको थियो । जसअनुसार सत्ता गठबन्धनले परराष्ट्र मन्त्री नियुक्त गरेर भ्रमणको तयारी गर्न मार्गप्रशस्त गरेको थियो । वैशाख ३ गते परराष्ट्र मन्त्रीको शपथ लिएको दिन मन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने प्रतिक्रिया दिएका थिए ।

‘भर्खरै म कार्यालय आएको छु, कर्मचारीसँग ब्रिफिङ लिएर भ्रमणको तयारी अगाडि बढाउँछु,’ उनले भनेका थिए । तर आजसम्म मिति तय हुन नसक्दा भ्रमण नै अनिश्चित बन्न पुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको एजेन्डाबारे दुवै देशका अधिकारीले छलफल गरिरहेका छन् ।

मन्त्री साउदले अझै पनि प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा आन्तरिक तयारी चलिरहेको आइतबार रातोपाटीलाई बताए । ‘भ्रमणको क्रममा छलफल हुने एजेन्डाको विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको छ, केही दिनमा सबै विषय टुङ्गो लाग्छ । त्यसपछि  मिति तय हुन्छ’, उनको भनाइ छ ।

यसअघि नै भारतले मे १० देखि १९ तारेखको बीचमा जुनसुकै दिन भारतको भ्रमण गर्न सकिने निमन्त्रणा पठाएको छ । नेपालले पनि प्रचण्डले वैशाख ३१ र जेठ १ गते (मे १४–१५)मध्ये एउटा कुनै दिन भ्रमणमा आउन सकिने कार्य तालिकाको प्रस्ताव दिल्ली पठाएको थियो । तर हालको तयारी हेर्दा यो मितिमा भ्रमण हुनेजस्तो नदेखिएको नेपालस्थित भारतीय दूतावासका एक अधिकारीले बताए । नेपालकै तर्फबाट भ्रमणमा अलमल भइरहेको ती अधिकारीको दाबी छ ।

उपचुनावपछि नेपालको राजनीति परिस्थिति फेरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट समर्थन फिर्ता लिएमा पुनः विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्ने भय प्रचण्डमा छ । यस्तो पृष्ठभूमिमा प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय गर्न ढिलाइ हुने अवस्था आएको बताइएको छ । ‘मिति तय गर्नका लागि तयारी पनि पुगेको छैन’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘दुवै देशका अधिकारीले साझा एजेन्डामा छलफल गरिरहेका छन्, एजेन्डा तय भएपछि मात्र मिति घोषणा हुन्छ ।’

 

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १३:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।