May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह

  • साझा परिवेश
  • सोमवार, बैशाख १७, २०८१ १२:५५
लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गर्मी र सुख्खापन बढेसँगै प्रभावित क्षेत्रका सर्वसाधारणको राहत र उद्धारमा खटिन पार्टी पक्तिलाई निर्देशन दिएको छ । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले सोमबार विज्ञप्ति जारी गर्दै देशका विभिन्न भागमा आगलागी एवं डढेलोका कारण जनधनको व्यापक क्षति भएको र हजारौँ नागरिक पीडित हुन पुगेको बताएका छन् ।

‘देशैभरि वायु प्रदूषण उच्च मात्रामा बढ्दा र तापक्रममा उच्च वृद्धिका कारण विशेष गरी तराईका जिल्लाहरूमा तातो हावा र लुको लहरले जनजीवन प्रभावित बनेको छ’, सापकोटाले भनेका छन्, ‘हाम्रो पार्टी एवं भातृ सङ्गठनका नेता–कार्यकर्ता एवं स्वयंसेवकहरू उद्धार तथा राहतका साथसाथै मानवीय सहायता व्यवस्थापनमा खटिन हार्दिक आह्वान गर्दछौँ ।’

माओवादीले चुनौतीपूर्ण यस घडीमा पीडित परिवार तथा समुदायलाई उद्धार, राहत, उपचार तथा सुरक्षा जस्ता आधारभूत सेवा प्रदान गर्न राज्यका सबै निकायको गम्भीर ध्यानाकर्षण गराएको छ । ‘विपद्का घडीमा स्थानीय तह नै अग्रपङ्क्तिमा हुनुपर्ने भएकोले दमकल, एम्बुलेन्स, खाद्यान्न, औषधोपचार आदिको प्रबन्ध गरी पूर्व तयारी लाई चुस्त बनाउन पालिकाहरूलाई अपिल गर्दछौँ’, माओवादी केन्द्रले भनेको छ, ‘यी र यस्ता विपद्का जोखिमहरू कम गर्न, घटना भइहाले शीघ्र प्रतिकार्य गर्न आफ्ना पालिकावासीलाई जनचेतनाका कार्यक्रममार्फत घरेलु र स्थानीय उपायसहित तम्तयार राख्न पनि आह्वान गर्दछौँ ।’

त्यसैगरी माओवादीले विपद्जन्य अवस्थामा गर्नुपर्ने उद्धार तथा राहतका लागि पालिकाहरूलाई सहयोग गर्न, सबल बनाउन तथा आवश्यक सामग्रीहरूको व्यवस्था गर्न प्रदेश तथा सङ्घीय सरकारका सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।

  • साझा परिवेश
  • सोमवार, बैशाख १७, २०८१ १२:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट