November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २१, २०८१ १५:२३
जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै

काठमाण्डौ – जापानका परराष्ट्रमन्त्री योको कामीकावा पर्सि नेपाल भ्रमणमा आउनुहुने भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा कामीकावा मे ५ तारिख अर्थात् आउँदो आइतवार नेपालको औपचारिक भ्रमणमा आउन लाग्नुभएको हो ।

भ्रमणका क्रममा उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नुहुने तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग भेटघाट र द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले आज औपचारिक जानकारी दिएको छ । भ्रमणका क्रममा कुनै समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम नभए पनि दुई पक्षीय सम्बन्धकाबारेमा हुनेछ ।

दुई देशबीच अर्को वर्ष कूटनीतिकसम्बन्ध कायम भएको ७० वर्ष पुग्नेछ । हालै कतार, चीन, अमेरिकालगायत देशबाट नेपालमा भैरहेका भ्रमणको शृङ्खलामाझ नेपालको प्रमुख साझेदार रहेको जापानबाट परराष्ट्रमन्त्री तहको भ्रमण हुन लागेको हो । जापानका परराष्ट्रमन्त्री कामीकावाले फ्रान्स र श्रीलङ्कासहित ६ वटा देशको भ्रमणको कार्यसूचीअन्तर्गत नेपाललाई अन्तिम गन्तव्य बनाउन लाग्नुभएको हो । उहाँ आइतवार नै काठमाण्डौबाट फर्कनु हुनेछ ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २१, २०८१ १५:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्