May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने

कैलाश पर्वत र मानसरोवर घुम्न जाँदै प्रधानमन्त्री

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० ११:५२
कैलाश पर्वत र मानसरोवर घुम्न जाँदै प्रधानमन्त्री
  • प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर घुम्न जाँदै
  • ऐतिहासिक पोताला दरबार र जोक्खाङ मन्दिर अवलोकन गरे 
  •  सम्बोधन गर्दै उनले चीन भ्रमण सोचेभन्दा बढी सफल भएको बताए 
  • भम्रण पूरा गरी उनी आगामी शनिबार स्वदेश फर्किने

काठमाडौं ।।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर घुम्न जाँदै छन् । बुधबार तिब्बतको ल्हासा पुगेका उनी बिहीबार बिहान गङ्गा  विमानस्थल जाने र त्यहाँबाट तिब्बत एयरलाइन्सको जहाज चढेर कैलाश पर्वत र मानसरोवर भ्रमणका लागि प्रस्थान गर्ने  कार्यक्रम छ । कैलाश पर्वत र मानसरोवर भ्रमणका लागि उनका साथमा भ्रमण दलमा रहेका अन्य मन्त्री लगायतका सदस्यहरू पनि छन्।

बुधबार ल्हासामा उनले ऐतिहासिक पोताला दरबार र जोक्खाङ मन्दिर अवलोकन समेत गरेका थिए । ल्हासामा अवस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले चीन भ्रमण सोचेभन्दा बढी सफल भएको जनाएका थिए ।

बुधबार अपराह्न उनले  ल्हासामा चिनियाँ कम्युनिष्ट पार्टी सिजाङ स्वायत्त क्षेत्रीय समिति (टिबिस) का सचिव वाङ जुछेङसँग भेटवार्ता गरेका थिए । अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सम्बोधन गरेर प्रधानमन्त्री प्रचण्ड गत शनिबार उतैबाट चीन पुगेका थिए । चीन भम्रण पूरा गरी उनी आगामी शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

 

 

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० ११:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट