May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न

  • साझा परिवेश
  • सोमवार, बैशाख २४, २०८१ १३:५५
अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न

काठमाडौं २४ वैशाख । युनाईटेड नेचर इन्टरनेशनल पिस युनिप नेपाल च्याप्टरले आफ्नो प्रथम भेला सम्पन्न गरेको छ । युनिप नेपालका राष्ट्रिय अध्यक्ष राजु कन्दन लामाको अध्यक्षतामा शनिवार उक्त भेला सम्पन्न भएको हो ।

सो अवसरमा संस्थाका अध्यक्ष राजु कन्दन लामाले विश्व शान्ती नै युनिपको मुल उदेश्य रहेकाले सबै सदस्यहरुले यसलाई आत्मसात गर्दै शान्ती प्रबर्धानार्थ सबैले आ आफनो स्थानबाट भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरि युनिप नेपालका राष्ट्रिय सल्लाहकार रोटरियन विष्णु कार्कीले रोटरी र युनिप नेपालले शान्तीको क्षेत्रमा मिलेर काम गर्न सक्ने बताउनुहुदै सहयोग एवम साझेदारिताका निम्ति आफुले समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

युनिप नेपालका राष्ट्रिय कार्यकारी अध्यक्ष रविराज शाहीले युनिप नेपालले राष्ट्र शान्तीसँगै विश्व शान्तीका निम्ती अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो भने युनिप नेपालका राष्ट्रिय उपाध्यक्ष प्रल्हाद दाहालले युनिप नेपाल अन्तरराष्ट्रिय शान्ती संस्था भएकाले आपसी शान्ती र भाईचारा अभिबृद्धिलाई प्राथमिकतामा राख्दै सामाजिक उत्थानका लागि कार्यगत एकतासहित अघि बढनुपर्नेमा जोड दिनुभयो ।

संस्थाका महासचिव हिक्मत दाहालले कार्यक्रमलाई सहजीकरण गर्नुहुँदै आगामी दिनमा युनिप नेपालले शान्ती र मानव अधिकारका निम्ती महत्वपूर्ण कार्यक्रमहरु पस्कने प्रण गर्नुभयो भने दिपक लगायतका सदस्यहरुले आफ्नो पालोमा बोल्नुहुँदै शान्ती स्थापना, संस्थागत विकास तथा मानव अधिकारको सवालमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा सबैमा धन्यवाद ज्ञापन गर्नुहुँदै युनिप नेपालका प्रेस तथा प्रकाशन समिति संयोजक सरोज ओझाले आपसी समन्वयका आधारमा संस्थाको मुलभुत सिद्धान्तलाई वस्तुत पालना गर्न सके मात्रै संस्थाले आफ्नो उदेश्य प्राप्ती गर्न सक्ने बताउनुभयो ।

सो अवसरमा युनिप नेपालले वितरण गर्न बाँकी संस्थाका सल्लाहकार एवम सदस्यहरुलाई खादा लगाई प्रमाण पत्र, ब्याज एवम् टिसर्ट वितरण गरिएको थियो भने प्रेस तथा प्रकाशन समिति संयोजक सरोज ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त हुनुभएकोमा बधाई ज्ञापनसहित खादा लगाई सम्मान व्यक्त गरिएको थियो ।

ऊक्त प्रथम भेलाले शान्ति प्रबर्धनार्थ विभिन्न सचेतनामुलक तथा सहयोगात्मक कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।

  • साझा परिवेश
  • सोमवार, बैशाख २४, २०८१ १३:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।