काठमाडौँ । अभिनेता सोलोन बस्नेतलाई पुत्री लाभ भएको छ । बस्नेत पत्नी करिश्मा केसीले आज छोरीलाई जन्म दिएकी हुन् ।
भैसीपाटीको मेडिसिटी अस्पताल आज बिहान ८ः३० बजे पुत्री लाभ भएको चलचित्र निर्देशकसमेत रहेका बस्नेतका पिता शोभित बस्नेतले जानकारी दिए ।
आमा र बच्चा दुवै स्वस्थ रहेको निर्देशक बस्नेतले जानकारी दिए ।
भोलिसम्म करिश्मालाई डिस्चार्ज गर्ने तयारी छ । गतवर्षको मंसिर १२ गते सलोन र करिश्माको विवाह भएको थियो ।