sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ

  • साझा परिवेश
  • सोमवार, बैशाख ३१, २०८१ १४:११
अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ

काठमाडौँ । अमेरिका र क्यानडा लैजाने प्रलोभन देखाइ मानव तस्करी गरी ठगी गर्ने मुख्य गिरोहलाई प्रहरीले सार्वजनिक गरेकाे छ। काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका ३ जनालाई साेमबार सार्वजनिक गरेकाे हाे।

पक्राउ पर्नेमा ओखलढुंगाका ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँका ४६ वर्षीय विष्णुबहादुर बराली र तनहुँकै ४८ वर्षीय जंगबहादुर विक रहेका छन्।

भारतीय प्रहरीसँगको समन्वयमा उनीहरूलाई दिल्लीबाट पक्राउ गरेर ल्याइएको अनुसन्धानका संलग्न डीएसपी गोविन्द पन्थीले जानकारी दिए । । सो गिरोहका ३ जना यसअघि नै पक्राउ परेका थिए । उनीहरुले अहिलेसम्म ७ करोड ५० लाख ठगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी पन्थीले बताए ।

पीडितहरूले उनीहरु बिरुद्ध ५ करोड ५० लाख बिगो बराबरको जाहेरी दिएका छन् । यसअघि पक्राउ परेकी सिन्धुपाल्चोकको सिदुर्चे गाउँपालिका–२ घर भएर गोकर्णेश्वर बस्ने ४३ वर्षीय ङिमवटी शेर्पाका श्रीमान् दावा अमेरिकामा छन् । अमेरिकामा जेल परे पनि दावाले निकाल्ने आश्वासन दिएर अवैध बाटोबाट अमेरिका पठाउने नाममा उनीहरुले रकम असुलेका हुन् ।

जगतबहादुर विक सहितका ३ जनाले विगत एक वर्षदेखि भारतमा बसेर ठगी धन्दा चलाएको जानकारी दिए । उनीहरूले अमेरिका, क्यानडालगायतका मुलुकहरुमा प्रतिव्यक्ति ४ लाखमाथिको आकर्षक तलब हने प्रलोभनमा पारी अमेरिका जानको लागि प्रतिव्यक्ति ४० देखि ५० लाख र क्यानडाको लागि प्रतिव्यक्ति २२ देखि ३० लाखसम्म लाग्ने भनी विश्वास दिलाएर १० जना पीडितबाट ५ करोड ५० लाख रकम लिएर खुलेकाे प्रहरीले जनाएकाे छ।

नेपालमा टासी शेर्पा, ङिमवटी शेर्पा र निमा शेर्पालाई एजेन्टको रुपमा राखी उनीहरूले भारतको नयाँ दिल्लीमा बसेर संगठित रुपमा मानव तस्करी एवम् ठगी गर्दै आएको प्रहरीकाे दाबी छ।

प्रहरीका अनुसार अमेरिका लैजाँदा दुबई ट्रान्जिट बनाएर केन्या र युगान्डा लगेर राहदानी तथा डलर खोसी ६ देखि ९ महिनासम्म अलपत्र पारी राखेको थिए।

उनीहरूले केन्या र युगान्डामा सम्बन्धित देशको नागरिकसमेतलाई एजेन्ट राख्ने गरेको थिए। अमेरिका पुऱ्याउन ब्राजिल, कोलोम्बिया, मेक्सिकोमध्ये कुनै एक रुट प्रयोग गर्ने गरेको खुल्न आएको प्रवक्ता रेग्मीले भनाइ छ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ३१, २०८१ १४:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid