July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २, २०८१ १0:२२
सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडौं । नेपाली कांग्रेसको अवरोधका कारण मंगलबार संसदबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको विषयलाई लिएर सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसदलाई प्रभावकारी बनाउने र कांग्रेसका कारण भएको अवरोध लगायतका विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । संसदको कार्यसूचीमा राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची पनि थियो । तर सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समितिको माग राख्दै आएको कांग्रेसले वेल घेराउ र नाराबाजी गरेपछि राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित हुन सकेको थिएन ।

उक्त विषयलाई गम्भीर रुपमा लिएकाले सभामुख घिमिरेले आज यस विषयमा प्रधानमन्त्रीसँग छलफल गरेको सचिवालयले जनाएको छ ।

उनले कम्तीमा धन्यवाद प्रस्ताव पारित गर्न, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र र अध्यादेश पेस गर्न हिजो कार्य व्यवस्था बैठक र प्रमुख सचेतकहरुसँगको बैठकमा ध्यानाकर्षण गराएका थियो ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २, २०८१ १0:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्