काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा आज सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनमा मंगलबार दिनभरिको सुनुवाइपछि हेर्दाहेर्दैमा राखेको थियो ।
न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा बहस भएको र सुनुवाइ नसकिएपछि आज सुनुवाइ हुने भएको हो । आज यही इजलासमा मुद्दाको सुनुवाइले निरन्तरता पाउने छ ।
।
आज बहस सकिएपछि फैसला आउन सक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थ राज भट्टराईले जानकारी दिए । यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भइरहेको हो ।