October 1, 2023 | आइतवार, अशोज १४, २०८०
सुचनाहरु
१९ वर्षमुनिको साफ : पाकिस्तानलाई ३ गोलले हराउँदै भारतले जित्यो उपाधि आजको राशिफल : वि.सं. २०८० असोज १४ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य “रुपान्तरण” मुक्तक सङ्ग्रहको लोकार्पण चलचित्र ‘थत्थामा’को छायांकन सुरु, नायकमा डेव्यू गर्दै हाङ चेम्जोङ विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछापको अध्यक्षमा शान्ता कार्की चयन मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो गुडिरहेको स्कुटरमाथि रुख खस्दा एकको मृत्यु सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी विद्यालयको छात्रावासमै झुन्डिएको अवस्थामा भेटिए आठ वर्षीय बालक एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा आजको राशिफल : वि.सं. २०८० असोज १३ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य अभिनेता अनमोल केसी पक्राउ डाक्टर कुट्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ : डा. केसी अन्तरिक्षमा ३७१ दिन बिताएर पृथ्वी फर्किए फ्र्यांक रुबियो, राखे नयाँ रेकर्ड डेंगीले दैनिक १४ सय संक्रमित थपिँदै सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट काट्ने क्रम बढ्यो चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न निर्देशन इटहरीस्थित विराटनगर रोडमा भयानक दुर्घटना, २ जनाको अवस्था चिन्ताजनक सरकारले अर्थ समितिको ८० प्रतिशत निर्देशन मानेन : सभापति चालिसे आफ्नै घरमा मोटर मर्मत गर्दा गर्दै करेन्ट लागेर मृत्यु

कोशीमा सरकार जोगाउन शेरधन राईको पहल, राजेन्द्र राईलाई आलोपालो

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १२:४४
कोशीमा सरकार जोगाउन शेरधन राईको पहल, राजेन्द्र राईलाई आलोपालो

हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकार जोगाउन नेकपा एमाले नेता शेरधन राईले पूर्व सहकर्मी तथा नेकपा एकिकृत समाजवादी पार्टी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईलाई आलोपालो मुख्यमन्त्रीको प्रस्ताव गरेका छन् ।

आइतबार बेलुका धरानमा भएको भेटमा शेरधनले राजेन्द्रलाई मध्यवधी टार्नका लागि आलोपालो नेतृत्वको प्रस्ताव गरेका हुन् । शेरधनको प्रस्तावमा राजेन्द्र राईले अहिलेकै सरकारलाई सहयोग गर्न नसकिने जवाफ दिएका छन् ।

दुवै नेता भोजपुरका हुन् । गृहजिल्लामा नेकपा एमालेको राजनीति गरेका दुई नेताको पार्टी विभाजनपछि भेट भएको थिएन् । आइतबार शेरधन राईकै पहलमा दुई नेताबीच वा टु वान भेटघाट भएको थियो ।

वर्तमान सरकार टिकाउनका लागि प्रदेशको पहिलो मुख्यमन्त्री शेरधनले पूर्व मुख्यमन्त्री राजेन्द्रलाई एमाले र राप्रपासहित आलोपालो सरकारको नेतृत्वका लागि प्रस्ताव गरेका थिए । राजेन्द्र राईले भने संविधानको धारा १६८ को उपधारा ३ अनुसार बनेको वर्तमान सरकारलाई सहयोग नगर्ने जवाफ फर्काए ।

सर्वाेच्च अदालतको परमादेशपछि गत भदौं २२ गते एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । कार्की अल्पमत र प्रतिपक्षमा बहुमत छ ।

कार्कीको पक्षमा उपसभामुख सृजना दनुवार बाहेक एमालेका ३९ र राप्रपाका ६ गरी ४५ सांसद छन् । उनको विपक्षमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकिकृत समाजवादी पार्टीका ४ र जपसाको एक गरी ४७ सांसद छन् । जुन ९३ सदस्यीय प्रदेशसभामा टुप्लुक्क बहुमत हो । प्रतिपक्षमा रहेको नेकपा एकिकृत समाजवादीले समर्थन गरेको अवस्थामा भने कार्कीले विश्वासको मत पाउँछन् ।

‘मिलेर सरकार बनाएर मध्यवधी रोक्नुपर्छ भन्ने कुरा उहाँको थियो,त्यसमा राप्रपासहित आलोपालो सरकार बनाउने, त्यसमा भएन भने सबै दल मिलेर सरकार बनाएर मध्यवधीबाट जोगाउनुपर्छ भन्ने कुरा उहाँको थियो,’उनले भने,‘ उपधारा ३ अनुसार बनेको सरकारलाई चाहिँ स्पष्ट रुपमा विश्वासको मत दिन सकिदैन, किन भने यो जालसादीबाट बनेको छ, उपधारा ५ मा गएपछि छलफल गर्न सकिन्छ भनेको छु ।’

केन्द्रमा छुट्टै गठबन्धन भएकाले केन्द्रीय नेतृत्वसँग पनि छलफल गरेर अघि बढ्नु पर्ने उनले बताए ।

नेकपा एमाले नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले पनि राजेन्द्र राईसँग समसामयीक विषयमा छलफल भएको बताए ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १२:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट