July 3, 2025 | बिहिबार, असार २०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ४, २०८१ १0:४९
प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बस्दैछ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे बस्नेछ। बिहीबार भएको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो। सभामुखले जबरजस्ती बैठक संचालन गर्न खोजेपछि बिहीबारको बैठकमा तनावसमेत उत्पन्न भएको थियो। कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समितिको माग राख्दै संसदको अवरोध जारी राख्ने बताएको छ। आजकाे बैठकका लागि संसद सचिवालयले ६ वटा कार्यसूची तय गरेकाे छ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रकाे व्यहाेरा पढेर सुनाउने कार्यक्रम रहेकाे छ। भने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले प्रस्तुत गरेकाे सम्बाेधन टेबुल गर्ने कार्यसूची रहेकाे छ।

त्यस्तै सभामुखबाट प्रतिनिधिसभा नियमावली, २०७९ काे नियम १० बमाेजिम बैठककाे अध्यक्षता गर्न सदस्यहरु मनाेनयन गर्न कार्यसूची पनि रहेकाे छ। त्यस्तै सभामुख धिमिरेले धन्यवादकाे प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेकाे संसद सचिवालयले जनाएकाे छ।

उद्याेग वाणिज्य तथा आपूर्तिमन्त्री दामाेदर भण्डारीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशाेधन गर्ने अध्यादेश, २०८१’ पेस गर्ने कार्यसूची रहेकाे छ। त्यसैगरी ऊर्जा जलस्राेत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय साैर्य गठबन्धन स्थापनासँग सम्बन्धित सम्झाैताकाे प्रावधानमाथि संसदमा छलफल गरियाेस्’ भन्ने तथा ‘अन्तर्राष्ट्रिय साैर्य गठबन्धन स्थापनासँग सम्बन्धित सम्झाैतालाई अनुमाेदन गरियाेस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

संसद सचिवालयले बिहीबारकाे कार्यसूचीमा रहेकाे उपप्रधानमन्त्री एवम् गृहमन्त्री रबि लामिछानेले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची हटाएकाे छ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ४, २०८१ १0:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट