Deprecated: Required parameter $categories follows optional parameter $offset in /home/sajhaparibesh.com/public_html/wp-content/themes/suga-news/inc/cf.php on line 16

Deprecated: Required parameter $cat_id follows optional parameter $post_offset in /home/sajhaparibesh.com/public_html/wp-content/themes/suga-news/inc/cf.php on line 40
आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै – साझा परिवेश
June 16, 2024 | आइतवार, असार २, २०८१
सुचनाहरु
गौरादह २ को वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न श्री केश तेल गुणस्तरीय रहेको उत्पादन कम्पनीको दावी घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? कस्तो रहला आजको मौसम ? प्रतिनिधि सभाको बैठक दुई दिन स्थगित मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै दुर्ब्यशन विरुद्ध रङ्गभर्दै गौरादह जेसीज सुनको मूल्यमा नयाँ कीर्तिमान टी-२० विश्वकप: नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी गौरादहमा खुल्यो “दर्पण कला सँसार”…… गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न : विश्वप्रकाश शर्मा मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड सुनको मुल्य अहिलेसम्मकै उच्च बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द गर- महामन्त्री शर्मा प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ आजको कार्यसूची स्रोत नखुलेको ६९ लाखसहित चारजना चिनियाँं नागरिक पक्राउ टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियासँग ओमान ३९ रनले पराजित सहकारी ठगि छानबिन संसदीय समितिको पहिलो बैठक शुरु विपद क्षेत्रको रिपोर्टिङमा जाने पत्रकार र स्वयंसेवकलाई तालिम दिइने सेयर बजारमा ५.५८ अंकको गिरावट

आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ११, २०८१ 0९:३५
आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ । आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै छ भने राष्ट्रिय सभाको बैठक अपराहन्न १: १५ बजेदेखि बस्दै छ ।

आजको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा नीति तथा कार्यक्रममाथि छलफल र छलफलमा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले दिने प्रस्ताव रहेको छ ।

त्यस्तै आजै नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ । संसदको बैठक आज बस्न लागेपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध भएन कायम रहेको छ । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगि प्रकरणमा सामेल रहेको भन्दै संसदीय समितिको गठनको माग गर्दै संसद अवरोध गर्दै आएको छ ।

संसदीय समिति गठन गर्न सहमति भएपनि समितिको कार्यादेशको विषयमा भने अझै सहमति हुन सकेको छैन । कार्यादेश बनाउन कार्यदल बनाए पनि पटक-पटक भएका बैठक निष्कर्षमा पुगेको छैन ।

कार्यदलको बैठक आज बिहान ९ बजे बस्ने बताइएको छ । कार्यदलमा संसदीय छानबिन समितिले गृहमन्त्री रवि लामिछानेको नाम तोकेर छानबिन गर्ने विषयमा विवाद छ । कांग्रेसले लामिछानेको नाम तोकेर छानबिन गर्नुपर्ने अडान लिएको छ भने एमाले र रास्वपा व्यक्तिको नाम तोकेर संसदीय छानबिन नहुने अडानमा रहेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ११, २०८१ 0९:३५

प्रतिक्रिया