May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु

सरकारमाथि नै ठुलो षड्यन्त्र हुँदैछ : प्रधानमन्त्री

  • साझा परिवेश
  • सोमवार, मंसिर २५, २०८० १५:४५
सरकारमाथि नै ठुलो षड्यन्त्र हुँदैछ : प्रधानमन्त्री
  • भ्रष्टाचार गरेको भन्ने दुष्प्रचार गरिएको भन्दै प्रधानमन्त्रीको आपत्ति 
  • दुष्प्रचार गर्नेहरूको प्रतिवाद गर्न आग्रह
  • राम्रा काम दबाउने र हुँदै नभएका प्रचार गर्ने प्रतिक्रियावादी सल्बलाउँदै 

काठमाडौं ।।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले एनसेल प्रकरणमा ठूलो भ्रष्टाचार गरेको भन्ने दुष्प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकमा उनले यस्तो बताएका हुन् । उनले दुबईबाट फर्कंदै गर्दा आफूले ठूलो षड्यन्त्रको नमुना पाएको उल्लेख गरे । राष्ट्र, जनता, संविधान र लोकतन्त्रको हितमा आफू अघि बढिरहेको उनले बताए । उनले दुष्प्रचार गर्नेहरूको प्रतिवाद गर्न पनि आग्रह गरे ।

“अर्बौँअर्बको पहिला–पहिला भएका भ्रष्टाचारका काण्ड भन्दा सयौँ गुणा ठूलो भ्रष्टाचार प्रचण्डले गरेको छ एनसेलमा भनेर प्रचार भयो । म दुबईबाट फर्कंदै गर्दा मैले दुष्प्रचारको, षड्यन्त्रको र घटिया प्रचारको नमुनाको रूपमा त्यसलाई लिएँ । मैले बाहिर केही प्रतिवाद गरिनँ । मैले राष्ट्रको हितमा, जनताको हितमा, हाम्रो संविधान र हाम्रो लोकतन्त्रको हितमा जे गर्नुपर्छ, दृढताको साथ अघि बढेँ,” उनले भने, “तपाईं कल्पना गर्नुस्, यति तलबाट मान्छेहरूले सोच्ने, भन्ने र खुला प्रचार गर्न सक्छन् भने तपाईं हामी जो सत्यको पक्षमा, न्याय, जनताको पक्षमा, राष्ट्रको पक्षमा लेख्नेबोल्ने भनेकाले त्यसको प्रतिवाद त्यही उचाइबाट, त्यही निचबाट होइन । यस्ता झुटो प्रचारहरू, यस्ता अरू पनि थुप्रै प्रचार भएका छन्, तिनको प्रतिवाद गर्नुपर्छ र जनतालाई सही सूचना दिनुपर्छ ।”

प्रधानमन्त्री प्रचण्डले सहिद, बेपत्ता योद्धाका परिवारलगायत पीडितलाई आइतबार बालुवाटारमा भेट्दा एकथरीलाई पचाउन कठिन भइरहेको बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन लागेपछि सरकारमाथि अर्को ठाउँबाट प्रहार गर्ने षड्यन्त्र भइरहेको जिकिर गरे ।

“मैले हिजो युद्धका क्रममा सहिद भएका परिवारहरू, बेपत्ता भएका योद्धाका परिवारहरू, सबैखाले पीडितलाई बालुवाटारमा बोलाएर प्रत्यक्ष संवाद भयो । तर, एकथरीलाई यो पचिरहेको छैन,” उनले भने, “शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने लाग्यो यो सरकारले भनेर सरकारमाथि अर्को ठाउँबाट प्रहार गर्ने षड्यन्त्र भइरहेको छ । राम्रा काम दबाइदिने र हुँदै नभएका प्रचार गर्ने प्रतिक्रियावादीहरू, अवसरवादीको काम हो । हाम्रो काम सच्चाइ अघि ल्याउने हो ।”

प्रधानमन्त्री प्रचण्डले राम्रा काम दबाउने र हुँदै नभएका प्रचार गर्ने प्रतिक्रियावादी सल्बलाएको बताए ।

  • साझा परिवेश
  • सोमवार, मंसिर २५, २०८० १५:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।