गंगाराम मण्डल / इनरुवा
नगर प्याब्सन इनरुवाको आयोजना तथा AIM Math काठमाडौ र सप्तकोशी बुक्स एन्ड स्टेशनरी इटहरीको सहकार्यमा निजी विद्यालयहरुको छाता संगठन प्याब्सन इनरुवाले एक दिने Math Orientation & Workshop programme समापन गरेको छ ।
इनरुवा नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा रमेश प्रसाद गुरागाईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि इनरुवा नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौला थिए।
Math लाई जीवन उपयोगी कसरी बनाउन सकिन्छ भन्ने कुरालाई मध्यनजर गर्दै Math शिक्षकहरुको शिक्षण सिकाइको क्षमता अभिवृद्धि हेतु यो कार्यक्रम सन्चालन गरेको भन्दै कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै अध्यक्ष गुरागाईले बताए ।
सो कार्यक्रमको प्रमुख प्रशिक्षक AIM Math का डाइरेक्टर विश्वमणि अधिकारीले Math लाई कक्षाकाेठामा विद्यार्थीको जीवन र व्यवहार सङ्ग कसरी जोडन सकिन्छ भन्ने बिषयमा केन्द्रित रहेर प्रशिक्षण दिएका थिए ।
प्याब्सन द्वारा आयोजित उक्त कार्यक्रममा १५० बढीको उपस्थिति रहेको कुरा नगर प्याब्सन इनरुवाका सचिव/प्रवक्ता तथा कार्यक्रम सन्चालक गंगाराम मण्डलले जानकारी गराए ।