May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

बागमती र चीनबिच आशयपत्रमा हस्ताक्षर

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १४:0४
बागमती र चीनबिच आशयपत्रमा हस्ताक्षर
  • प्रदेश र चीनको च्याङ्सी प्रान्तबीच मैत्री सम्बन्ध कायम
  • नेपाल–चीन व्यापार संघबीच मैत्रीपूर्ण सहयोगको आशयपत्रमा हस्ताक्षर
  • प्रान्तीय कमिटी र नगरका प्रतिनिधिहरु पनि समारोहमा सहभागी

काठमाडौँ ।।

बागमती प्रदेश र चीनको च्याङ्सी प्रान्तबीच मैत्री सम्बन्ध कायम भएको छ । आज राजधानीमा आयोजित कार्यक्रममा औपचारिक रुपमा सम्बन्ध राखिएको जानकारी दिइएको छ । औपचारिक सम्बन्धसँगै दुई प्रदेश र प्रान्तबीच मैत्रीपूर्ण सहयोगको आशय पत्र, च्याङ्सी मैत्री संघ र नेपाल–चीन व्यापार संघबीच मैत्रीपूर्ण सहयोगको आशयपत्रमा हस्ताक्षर भएको छ । च्याङकाङशान नगर र महालक्ष्मी नगरपालिकाबीच मैत्रीपूर्ण सहयोग आशयपत्र, गान्झाउ नगर र पोखरा महानगरबीच आधुनिक कृषि र पर्यटन विकासमा सहकार्य गर्ने आशयपत्रमा पनि सोही समारोहमा हस्ताक्षर गरिएको छ ।

त्यसैगरी चाइना फार्मास्युटिकल र नेपाली कम्पनीहरूले व्यापार सहयोग गर्नेबारेको आशय पत्रमा हस्ताक्षर भएको बताइएको छ । च्याङ्सी प्रान्तीय जनसंघका कार्यकारी उपाध्यक्ष तु आन्बोको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनुहुन्छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकटेल, नेपालका लागि चिनियाँ राजदूत छन् सोङलगायत नेपाल भ्रमणमा रहेको च्याङ्सी प्रान्तीय कमिटी र नगरका प्रतिनिधिहरु पनि उक्त समारोहमा सहभागी हुनुभएको हो ।
  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १४:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट