sweet bonanza
February 16, 2026 | सोमवार, फाल्गुन ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गौरादह २ को वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

  • साझा परिवेश
  • शनिबार, असार १, २०८१ २0:५५
गौरादह २ को वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

समृद्ध नगर बनाउन नागरिकका दैनिक जीवनमा आइपर्ने समस्याको निराकरणमा स्थानीय सरकार लाग्नुपर्ने स्थानीय बासिन्दाले सुझाव दिएका छन। गौरादह नगरपालिका वडा नं.२ ले आयोजना गरेको वडा स्तरीय सार्वजनिक सुनुवाइ तथा सुझाव संकलन कार्यक्रममा वडाबासीले सानातिना योजनामा बजेट बिनियोजन नगरेर प्रत्यक्ष नागरिकका समस्यालाई सम्बोधन गर्ने कार्यक्रम योजनामा समाबेश गर्न अनुरोध गरेका छन।

वडाबासीले वडा भित्र रहेका भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य , खानेपानी, सिचाइ र किसानले उत्पादन गरेका खाद्यान्न र तरकारीको बजार सुनिस्चित गर्न माग गरेका थिए। स्थानीय सरकारको लगानीमा संचालन भएका सीप बिकास सम्बन्धि तालिमबाट सीप सिकेर व्यावहारमा प्रयोग नभएकोमा स्थानीय सरकारको ध्यानाकर्षण गराएका थिए। सार्वजनिक सुनुवाइ कार्यक्रममा पत्रकार बेणु प्रसाद अधिकारीले नगरबाट वडालाई प्राप्त हुने बजेट र वडाबाट संकलन हुने राजस्व हाराहारीमा रहेकाले नगरले बजेट बढाउनु पर्ने बताएका थिए।

कृषि क्याम्पस गौरादहका प्रमुख सुबोध खनालले गौरादह कृषि क्याम्पस पछाडि रहेको खाडलको पानी निकाशको ब्यबस्था गर्न माग गर्दै क्याम्पसका तर्फबाट केही शिर्षकमा बजेट माग गरिएकाले वडाध्यक्षलाई पहल गरिदिन अनुरोध गरेका थिए । स्थानीय खगेन्द्र फुयलले जनताबाट उठेको करलाई तालिम, गोष्ठीको बाहनामा अन्य जिल्लामा कार्यक्रम संचालन गरेकोमा आपत्ति प्रकट गरेका थिए।आदित्य भट्टराईले स्थानीय सरकारबाट साझेदारीमा पशु बिमा कार्यक्रम संचालन गरिएपनि कार्यक्रम प्रभावकारी नभएकोमा ध्यानाकर्षण गराएका थिए।होम उप्रेतीले स्थानीय सरकारबाट बितरण गरिने सामग्री सही ब्यक्तिलाई दिइनुपर्ने धारणा राख्दै आगामी आर्थिक बर्षमा वडा भित्र समान रुपमा बिकास हुने गरि योजना बनाउन माग गरेका थिए।

अमर मा. बि. गौरादह-२ का प्रधानाध्यापक चिन्तामणी काफ्लेले युवा समुदायहरु लागु औषध दुर्बेशनी तर्फ आकर्षित खुदै जाँदा यसलाई न्युनिकरण गर्न स्थानीय सरकारले प्रभावकारी कार्यक्रम ल्याउनु पर्ने धारणा राखेका थिए।कार्यक्रमको सभापति समेत रहेका वडा नं.२ का वडाध्यक्ष गोपाल प्रसाद कोईरालाले वडा बासिले राखेका जिज्ञासाको जवाफ दिएका थिए। वडा सदस्य संकर कट्टेलले वडाले एक बर्षमा गरेका कामको जानकारी गराएका थिए। वडा सदस्य उत्तम बस्नेतले स्वागत मन्तब्य राखेको कार्यक्रममा वडा सचिब दिपा दाहालले कार्यक्रम संचालन गरेकी थिइन ।

  • साझा परिवेश
  • शनिबार, असार १, २०८१ २0:५५

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid