April 26, 2024 | शुक्रबार, बैशाख १४, २०८१
सुचनाहरु
डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै नियमानुसार बाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन गृहको निर्देशन डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला

म आफैं आमा बनिरहँदा…

  • साझा परिवेश
  • सोमवार, चैत्र १३, २०७९ १४:२४
म आफैं आमा बनिरहँदा…

आमाले झिसमिसेमै उठेर चलाएका
ढिकी जाँतोका आवाजहरू
एउटा सपनाजस्तै लाग्थे
म उठिसक्दा मेरो लागि
भान्सा तयार हुन्थ्यो
आमा आज नि निदाउनु भएन
म सुत्नेबेला सोच्थेँ
आमा मसँगै सुत्नुहुन्छ फेरि
म निदाइहाल्थेँ
सायद तिनै ढिकी, जाँतोका आवाजहरू
म निदाउँदै गर्दा गुञ्जन्छन्
आज पनि एक सपनाजस्तै लाग्छ
आमा त यसरी आमा हुनुभयो

भञ्ज्याङमा छोडेर
हात हल्लाउँदै गर्दा
म रुँदै स्कुल जान नमान्ने
र आमाकै गुन्यु समाउँदै पछ्याउँदा
पोल्टाबाट झिकेर दिएको मिश्रीको ढिको
आज पनि मुड्कीमा रसाइरहन्छ
यति विधि मिठो गुलियो थियो
हो, आमा त यसरी पो आमा हुनुभयो

मेलाबाट ल्याएको खाजा
मलाई अघाइस् भन्दै दिनुहुन्थ्यो
म मुड्की भरि-भरि खान्थेँ
मैले सोच्दिनथेँ आमालाई नि खानुपर्छ
र पनि आमा खुसी हुँदै चुलो बाल्न थाल्नुहुन्थ्यो
म बाल्टी बोकेर गोठतिर दगुर्थेँ
भैंसी दुहेको हेर्न निकै आनन्द आउFथ्यो
मैले पनि दुहेको भन्दै दुई डाडु दूध बढी माग्थेँ
मन लागिन्जेल दिनुहुन्थ्यो दूध र भात
हो, आमा त यसरी पो आमा हुनुभयो

उध्रिएको चोली टाल्दै गर्दा
चुँडिएको चप्पल जोड्दै गर्दा
म भने नयाँको माग गरिरहने
खै कसरी पो पुर्याइदिनुहुन्थ्यो
मेरो इच्छा र चाहनाहरू
म फुरुक्क नयाँ चप्पल पड्काउँदै
ओल्तिर पल्तिर गर्दा
मुसुक्क मुस्काउनुहुन्थ्यो आमा
राम्ररी हिँड् लड्लिस्
हो, आमा त यसरी पो आमा हुनुभयो

आमाका त्याग, बलिदान र सर्मपणहरूको
खै कसरी भारा तिर्नसक्छु र
जब-जब बुझ्ने हुन थालेँ
फेरि आमाले नै मलाई
पराईघर पठाइदिनु भो
त्यति नजिककी म
एक्कासी टाढा भएँ
यो कस्तो मायाको नाता हो
उहाँको अगाडि मेरो माया कम भैदिन्छ
आज फेरि समय यसरी बदलियो कि
म आफैं आमा बनिरहँदा
आमाजस्तै आमा बन्न सक्दिनँ कि
यही भयले सताइरहन्छ
मेरी आमा म पनि
तपाईं जस्तै बन्न सकूँ।

 

दिपिका अधिकारी

  • साझा परिवेश
  • सोमवार, चैत्र १३, २०७९ १४:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट