November 25, 2024 | सोमवार, मंसिर १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

झापामा ब्राउन सुगरसहित पाँच जना पक्राउ

  • साझा परिवेश
  • बुधबार, साउन ९, २०८१ १0:४0
झापामा ब्राउन सुगरसहित पाँच जना पक्राउ

झापामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पाँचजना पक्राउ परेका छन् ।

मंगलबार साँझ ७.४० बजे अर्जुनधारा नगरपालिका वडा न.११ स्थित नयाँ बसपार्कमा फलामको बेन्चमा शंकास्पद अवस्थामा बसिरहेका सिन्धुली साबिक बेलघारी गा.वि.स.वडा नं.२ भई हाल तीनपाटन गाउँपालिका वडा न.१ घर बताउने वर्ष अन्दाजी २८ का धनबहादुर बस्नेतलाई ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित ५ ग्राम ३४० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

त्यस्तै हिजो साँझ ७.३० बजेको समयमा मेचीनगर नगरपालिका वडा न.१० धाईजन ढाँटमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधामा लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ बस्ने ३० वर्षीय सोनु तामाङलाई ब्राउनसुगरहित पक्राउ गरेको छ । उनको साथबाट प्लाष्टिकसहित २ ग्राम १४० मिलिग्राम ब्राउनसुगर फेला परेको छ । संगै रहेका उनका साथी सोही ठाउँ बस्ने २८ वर्षीय सुरेश गुरुङ समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै हिजो साँझ ७.३० बजे झापा गाउँपालिका वडा नं.४ स्थित हुलाकी सडकखण्डमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चर्तागाछीबाट सुरुङगातर्फ आउँदै गरेको प्र.१–०१–०१५ प ७८०८ नम्बरको स्कुटीलाई रोकी चालक कमल गाउँपालिका वडा न.१ बस्ने २९ वर्षीय मौसम लिम्बू र पछाडी सवार सोही ठाउँ बस्ने ३६ वर्षीया सर्मिला राईलाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्लाष्टिकसहित ८ ग्राम १० मिलिग्राम ब्राउनसुगर फेला परेको छ । उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • साझा परिवेश
  • बुधबार, साउन ९, २०८१ १0:४0

प्रतिक्रिया