July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

भत्ताले ज्येष्ठ नागरिकको दैनिकी सहज

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० ११:४६
भत्ताले ज्येष्ठ नागरिकको दैनिकी सहज

मुगु । सामाजिक सुरक्षा भत्ताले ज्येष्ठ नागरिकको दैनिकी सहज भएको छ।
सरकारले उपलब्ध गराउने भत्ताले ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका नागरिकको दैनिकीमा सहयोग पु-याएको सामाजिक सुरक्षा भत्ता लिनेहरूले बताएका छन्।

छायानाथ रारा  नगरपालिका–६ की ज्येष्ठ नागरिक हिउँकला भामका अनुसार त्रैमासिक रूपमा ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउँदा औषधि उपचार,
न्यानो कपडा र पोसिलो खाना किन्न तथा जुत्ताचप्पल, लत्ताकपडा खरिद गर्न सहज भएको छ। सामजिक सुरक्षा भत्ता पाएपछि लत्ताकपडा र औषधि उपचारका लागि परिवारका सदस्यसँग माग्न नपरेकोमा भामले खुसी व्यक्त गर्नुभयो।

कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा ज्येष्ठ नागरिक, एकल महिला, कर्णाली बालपोषण र अपाङ्गता भएका २० हजार १०९ जनाले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन्।
कार्यालय प्रमुख लक्ष्मीकृष्ण हमालका अनुसार जिल्लामा लाभान्वित सदस्यलाई एकमुष्ठ ३१ करोड एक लाख रुपियाँ कोष तथा लेखा नियन्त्रणको खातामा हरेक आर्थिक वर्षको साउन महिनामै जम्मा हुने गरेको छ।

जिल्लाका पालिकाले सामाजिक सुरक्षाका लागि त्रैमासिक रूपमा सामाजिक सुरक्षाको रकम निकासा गर्दै आएका छन्। जिल्लाको छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिका,
खत्याड गाउँपालिका र मुगमकार्मारोङ गाउँपालिकाले  सामाजिक सुरक्षाको भत्ता चौमासिकमा निकासा गर्ने कार्यविधि भए पनि पालिकाका ज्येष्ठ नागरिकको सहजताका लागि त्रैमासिक
रूपमा लाभग्राहीको खातामा रकम जम्मा गरेको छ। सोरु गाउँपालिकाका सहलेखापाल जेठबहादुर बुढाले पालिकामा एउटा मात्र बैङ्क भएकाले सामाजिक सुरक्षाको कार्यसम्पादन ढिला
हुने गरेको बताउनुभयो। उहाँले त्रैमासिक रूपमा रकम निकासा गर्न नसकिएको स्थितिमा चौमासिक रकम निकासा गरी लाभग्राहीको खातामा जम्मा गर्ने गरिएको जानकारी दिनुभयो।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० ११:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्