काठमाडौँ । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण प्रवाह गर्ने गरी राष्ट्र बैङ्कले बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ ।
शुक्रवार सार्वजनिक चालु आर्थिक वर्षको मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैङ्क खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिने उल्लेख गरिएको हो ।
सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार राष्ट्र बैङ्कले सो व्यवस्था गरेको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।