June 9, 2023 | शुक्रबार, जेष्ठ २६, २०८०
सुचनाहरु
सांसद शर्मा : माओवादीको शक्तिबिना ओलीको सिंहदरबार यात्रा कठिन छ जिल्ला निर्वाचन कार्यालय खारेज होइन, व्यवस्थापन गर्ने हो : प्रधानमन्त्री सांसद केसी : प्रधानमन्त्रीले बोलेपश्चात् प्रमुख प्रतिपक्षी बोल्न मिल्दैन सर्पले डसेर उपचारकै क्रममा निधन गर्मी बढेपछी चिसो पानीमा रमाउदै जिल्ला निर्वाचन कार्यालय खारेज गर्न हुन्न : कांग्रेस गृहमन्त्री श्रेष्ठ : रानामगरलाई कालोमोसो लगाइएको भन्ने हल्ला झुटो हो करेन्ट लागेर १ जनाको मृत्यु कानुन हातमा लिनेविरुद्ध सरकारले कठोर कदम चाल्नु नपरोस् : उपप्रधानमन्त्री एमालेलाई गृहमन्त्रीको जवाफ- आन्दोलनका नाममा अराजक गतिविधिलाई छुट दिन्नौं माधवकुमार नेपाल : वंशको शासनलाई फर्काउने दुष्प्रयास हुदै जिल्ला निर्वाचन खारेजीमा छलफल हुदै प्रतिनिधिसभामा एमालेको विरोध कोशी प्रदेशको आन्दोलनबारे एमालेले माग्यो सरकारसँग जवाफ मुर्रालाई दुई महिनापछी नेपाल ल्याउने अत्याधिक गर्मी बढे सङै धरानमा असार ९ गते सम्म बिद्यालय बिदा हत्यालाई सरकारले सामान्य रुपमा लिनु निकै दुःखद् र रहस्यमय बन्यो शोषक, सामन्ती र जाली फटाहा बढे, इमान्दार पिल्सिन थाले : माधव नेपाल ५० हजार घुससहित टेकु ल्यावका अधिकृत पक्राउ राजेन्द्र पाण्डेको टिप्पणी: ७० वर्षे उमरहद हटाएसँगै एमालेमा राजतन्त्र भित्रियो

राष्ट्र बैंकको मौद्रिक नीतिले पनि फस्टाएन सेयर

  • साझा परिवेश
  • आइतवार, बैशाख ३१, २०८० १५:४६
राष्ट्र बैंकको मौद्रिक नीतिले पनि फस्टाएन सेयर

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै लचिलो नीति लिएको थियो ।

नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने केही बढेर ९० करोड नाघेको छ । गत बिहीबार करिब ५८ करोडको कारोबार भएको सेयर बजारमा आइतबार कारोबार रकम बढेको हो । २२ हजार ७२९ वटा कारोबारमा २७ लाख ८८ हजार ८१५ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ९० करोड ६ लाखको कारोबार भएको हो । जसमध्ये नागरिक लगानी कोषको सर्वाधिक ५ करोड ३६ लाखको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ४ करोड ६० लाख र एनआईसी एशिया बैंकको ४ करोड ५८ लाखको कारोबार भएको छ ।

आइतबार नेप्सेमा कुल २१८ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १६९ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ। यस्तै ४० कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ९ कम्पनीको सेयरमूल्य स्थिर छ । आइतबार कारोबार भएकामध्ये आत्मनिर्भर लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुादा २५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको नागरिक लगानी कोषको सेयरमूल्य ३.९३ प्रतिशत र मिथिला लघुवित्तको सेयरमूल्य ३.८६ प्रतिशतले वृद्धि भएको छ ।

यता राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.३७ प्रतिशतले गिरावट हुँदा दोर्दी खोला जलविद्युत कम्पनीको सेयरमूल्य ५.९२ प्रतिशत र हिमालयन ऊर्जा विकास कम्पनीको सेयरमूल्य ५.७० प्रतिशतले गिरावट भएको छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३१, २०८० १५:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट