sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रास्वपा दुई ठुला दलको टार्गेट बनिरहेको पुष्टि भयो : रवि लामिछाने

  • साझा परिवेश
  • सोमवार, साउन १४, २०८१ १५:४५
रास्वपा दुई ठुला दलको टार्गेट बनिरहेको पुष्टि भयो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली काँग्रेस र नेकपा एमालेको टार्गेटमा आफ्नो पार्टी परेको बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्ति, काँग्रेस महामन्त्रीको अभिव्यक्ति र एमाले नेता रघु पन्तको अभिव्यक्तिबाट पनि रास्वपा दुई ठुला दलको टार्गेट बनिरहेको पुष्टि भएको बताए ।

उनले भने, ‘सरकारमा रहेका दुई ठुला दलको टार्गेट राष्ट्रिय स्वतन्त्र पार्टी छ । प्रधानमन्त्रीको अभिव्यक्ति, हिजोको काँग्रेस महामन्त्रीको अभिव्यक्ति र आज विषयान्तर गर्न खोज्नुभएका एमालेका पुराना नेताको अभिव्यक्तिले के देखाउँछ भने अव यी नयाँलाई ठिक पार्नुपर्छ । एउटा एउटा आरोप लगाइदिनुपर्छ भनेर मिलेको कुरा पनि स्पष्ट हुन्छ ।’ नेताहरूका यस्तै अभिव्यक्ति र संसदमा भइरहेको पछिल्ला गतिविधिहरूले अव मुलुकका लागि रास्वपा नै देशको विकल्प हो भन्ने कुरा स्पष्ट भएको लामिछानेको भनाइ छ ।

उनले भने, ‘होलीवाइनको त्यो डक्ट्रिन के हो ? एक पटक सोध्न मन छ । मध्यरातमा खुफिया एजेन्सी भेट्ने त्यो डक्ट्रिन के हो त्यो पनि जान्न मन छ । कुनै बिचौलियका घरमा मध्यरातमा बसेर सरकार चलाउने दस्तखत गर्ने डक्ट्रिनका बारेमा कुनै दिन खुलेर कुराकानी गरौला ।’

‘म केही समय नबोलौँ भन्ने पक्षमा थिएँ । तर हिजो जसरी यहाँ अभिव्यक्तिहरू प्रस्तुत भए त्यसले मलाई केही कुरा भन्न बाध्य पार्‍यो र झस्काउन बाध्य पार्‍यो’, उनले भने, ‘मलाई थाहा छ असार १५ मा खुवाइएको दहीले केहीबेर मुख बन्द भएको होला तर लोकतन्त्रका हिमायती सांसदहरूको मुखमा दही जम्नेछैन कुनै दिन बोल्नुहुनेछ ।’

लामिछानेले दुई ठुला दलको मिलन खतरा हो भनेर भन्ने गरेको भन्दै सत्ता रूढ दलका नेताहरूले हामीले फाइल खोलेको भनेर भन्ने गरेकोमा आपत्ति जनाए ।

‘ठिक छ फाइल तपाईँहरूले खोलेको हो । हामीलाई जस चाहिएको पनि होइन । काण्ड पनि हामीले नै गरेका हौ भन्दिएको भए राम्रो हुन्थ्यो’, उनले भने, ‘फाइल तपाइले नै खोल्नुभएको हो । तर बन्द नहुँदै जिउँदै रहेको फाइललाई तपाईँहरूले गाड्ने प्रयास गर्नुभयो जुन फायलमा प्राण थियो । त्यो प्राण बाँकी रहेको फाइललाई रिओपन गर्ने कोसिस हामीले गरेका हौँ ।’

  • साझा परिवेश
  • सोमवार, साउन १४, २०८१ १५:४५

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid