October 26, 2024 | शनिबार, कार्तिक १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

मृत सुस्मिता पाठक यिनै हुन् सिभिल अस्पतालकी डाक्टर थिइन्

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १३:0९
मृत सुस्मिता पाठक यिनै हुन् सिभिल अस्पतालकी डाक्टर थिइन्

काठमाडौं 

एक डाक्टर आफ्नै कोठामा मृत भेटिएकी छन् । सिभिल अस्पतालकी डाक्टर सुस्मिता पाठक इमाडोलस्थित आफ्नै कोठामा मृत भेटिएकी हुन् । जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी मनोजकुमार लामाले यसको पुष्टि गर्नुभएको थियो ।

उहाँका अनुसार मंगलबार दिउँसो २ बजे उनी मृत फेला परेकी हुन् । मृतक डाक्टर जलेश्वर नगरपालिका–९ महोत्तरी स्थायी घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोलमा बस्दै आएकी थिइन् ।

उनी इमाडोलस्थित कृष्ण सुवेदीको घरमा भाडामा बस्थिन् । २७ वर्षीया डाक्टर पाठक आफू बस्ने गरेको कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा मृत फेला परेकी हुन् । दिउँसो २ बजेसम्म पनि डाक्टर पाठक बस्ने कोठा नखुलेपछि घरबेटीले प्रहरीलाई जानकारी गराएका हुन् ।

त्यसपछि सातदोबाटो र इमाडोलबाट प्रहरी टोली गई स्थानीय जनप्रतिनिधि र डाक्टर पाठकको आफन्तको रोहवरमा बन्द कोठा फोडेको थियो । शव कोठाको भुइँमा थियो । खाटमा औषधि भएको सिरिन्ज, उपचारको क्रममा प्रयोग हुने औषधिका खाली बट्टाहरु, दायाँ हातको हत्केलामा खाली सिरिन्ज र बायाँ हातमा क्यानोन लगाएको अवस्थामा मृत शरीर फेला परेको छ ।

अविवाहित डाक्टर पाठक केही महिनाअघिबाट सुवेदीको घरमा बस्न थालेकी थिइन् । घटनाबारे प्रहरीले आवश्यक थप अनुसन्धान थालेको छ ।मृदुभाषी बिरामीलाईपनि राम्रोसँगले बोलाउने, राम्रो व्यवहार गर्ने भएकाले उनी सबैको मनमा बस्न थालेकी थिइन् । मृत्युको कारण भने अझै खुलेको छैन।

 

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १३:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्