काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय डुबानमा परेको छ । मङ्गलवार रातिको वर्षासँगै मनोहरा नदीमा आएको बाढीले एमाले पार्टी कार्यालय डुबानमा परेको हो ।
बाढी कार्यालय भित्र पसेको छ । आसपासको सडक पनि बाढीले हिलाम्मे भएको छ । खोलामा जल सतह बढ्दा पुल माथि नै बाढी बगेको छ ।
रातिदेखि परेको वर्षाले काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायत खोला तथा नदीमा पानीको बहाव बढेको छ । काठमाडौँमा घाम लाग्न सुरु भएसँगै खोला तथा नदीमा पानीको बहाव पनि क्रमशः घट्दै गएको छ ।