July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

मापदण्ड विपरीत अस्पताल सञ्चालन : हेटौंडा

  • साझा परिवेश
  • शनिबार, चैत्र १८, २०७९ १२:0५
मापदण्ड विपरीत अस्पताल सञ्चालन : हेटौंडा

पहुँच र शक्तिको आढमा हेटौंडामा मापदण्डविपरीत निर्वाध रूपमा हेटौंडामा अस्पताल सञ्चालन गरेको पाइएको छ। जिल्ला प्रसासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपानेले नेतृत्वमा भएको अस्पतालहरूको अनुगमनमा उक्त तथ्य फेला पारेको हो।
गत सोमबार अनुगमन टोलीले हेटौंडा उपमहानगरपालिका–१ मा रहेको सन्चो हस्पिटल अनुगमन गर्दा गैरकानुनी रूपमा सञ्चालन भएको पाएको हो। अनुगमनका क्रममा प्रदेश स्वास्थ्य नियमावली र स्वास्थ्य सेवाको मापदण्ड पूरा नगरी नियम र ऐनविपरीत सञ्चो अस्पतालले अनुमति लिएको खुलेको थियो।

अस्पतालले २५ शैयाको स्वीकृति जिल्ला स्वास्थ्य कार्यालयमार्फत पाएको छ। तर, त्यसको आवश्यक मापदण्ड पूरा गरिएको छैन। त्यस्तै, अस्पतालले २५ भन्दा बढी बेडको सञ्चालन गरेसँगै फार्मेसीको अनुमतिपत्र नवीकरणसमेत नगरी सञ्चालनमा ल्याएको छ। फार्मेसीमा तोकिएको फर्मासिस्ट नभएको, प्रयोगशाला बिनादर्ता सञ्चालन छ। यतिमात्र नभई आकस्मिक कक्षमा डेट एक्सपाएर (म्याद गुज्रिएका) औषधिसमेत भेटिएको उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका अध्यक्ष वासु खतिवडाले बताए। उक्त, अस्पताललाई अनुगमन टोलीले अनुमति नलिई सञ्चालन गरेको ल्याब बन्द गराएको छ र फार्मेसीलाई ३ दिनभित्र नवीकरण गर्न निर्देशन दिएको छ।

यस्तै, हेटौंडा सहकारी अस्पतालमा समेत लापरबाही भएको पाइएको छ। उक्त अस्पतालका लगाानीकर्ता हेटौंडा–२ का अध्यक्ष विष्णुगोपाल महर्जनले अनुगमन टोलीको निर्देशनपछि अस्पताल अध्यक्षबाट राजीनामा दिएका छन्।

  • साझा परिवेश
  • शनिबार, चैत्र १८, २०७९ १२:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्