sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बागलुङमा पहिरोमा परी ६ जनाको मृत्यु, २ जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी

  • साझा परिवेश
  • बुधबार, साउन २३, २०८१ १0:५२
बागलुङमा पहिरोमा परी ६ जनाको मृत्यु, २ जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी

काठमाडौँ । बागलुङको बडीगाड गाउँपालिका९१० मा मङ्गलवार बिहान पहिरोमा परी घाइते भएकाहरूले मौसमका कारण बुधवार बिहानसम्म पनि उपचार पाएका छैनन् । बडीगाडको वडा नम्बर १० आरुपाटामा पहिरोले घर गोठ बगाउँदा ६ जनाको मृत्यु भएको थियो भने ४ जना बेपत्ता छन् । ९ जना घाइते बनेका छन् ।

मङ्गलवार ढिला पनि भएको र मौसमका कारण उपचारका लागि स्वास्थ्य संस्थासमेत पुर्‍याउन नसक्दा घाइतेलाई गाउँमै राखिएको छ । उनीहरूलाई उपचारका लागि अहिले बुर्तिबाङ अस्पताल लैजान लागिएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेलाई उपचारका लागि काठमाडौँ लैजानका लागि मङ्गलवार साँझ नै हेलिकप्टर मगाइएको भए पनि सदरमुकाम बागलुङ बजार नै राखिएको छ । गम्भीर घाइते बिरामीलाई बुर्तिबाङ बजार पुर्‍याएर त्यहाँबाट काठमाडौँ उपचारका लागि लैजाने तयारी भइरहेको छ ।

गम्भीर घाइते बनेका घरधनी जोगबहादुर बुढाको मङ्गलवार साँझ मृत्यु भएको थियो । उनीसँगै सो घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । घरधनी ७८ वर्षका जोगबहादुर बुढा, उनकी नातिनी ७ वर्षकी मालती बुढा, ८ वर्षीय अमन बुढा, ११ वर्षीया सीता पुन, ७० वर्षीया मोतीदेवी कामी, ६ महिनाकी सीता विकको मृत्यु भएको हो । मधु बुढा, ३ वर्षीय आरुष थापा, १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन विक बेपत्ता छन् ।

वडानम्बर १० हुँदै बग्ने दर्लिङ सल्लेना खहरे खोलाले तान्न सक्ने डरले छिमेकी, आरुपाटाभन्दा माथिको गाउँबाट बुर्तिबाङ बजार हिँडेका, एसइईको पुरक परीक्षा जान हिँडेका विद्यार्थी खोला तर्न नसकेर आरुपाटामा सुरक्षित देखेर जोगलालको घरमा आश्रय लिएका थिए । बिहान त्यही घर र गोठ पहिरोले बगाएको हो ।

पहिरोमा परी घरधनी घाइते जोगबहादुरको मृत्यु भयो भने जुम्ल्याहा नातिनीमध्ये ७ वर्षीय मालतीको ज्यान गएको थियो । अर्की नातिनी मधु बेपत्ता हुन पुगेकी छन् । घाइतेमा २६ वर्षीय ओमप्रसाश पुन, ४६ वर्षीया संगीता बुढा, २३ वर्षीया सिर्जना विक, ४३ वर्षीय मंगल सेनबुढा, १९ वर्षीया रिमा पुन, ६० वर्षीया सुमित्रा विक, ५१ वर्षीय सशीराम विक, ९ वर्षीय ज्ञाने बुढा र ३१ वर्षीय सीता थापा घाइते छन् ।

पहिरोबाट दौडिएर भाग्न र उम्कनै नसक्ने उमेरका ३ महिनाकी शिशुदेखि नाबालकदेखि ७० वर्षीया वृद्धासम्मले ज्यान गुमाएका छन् । बडिगाड गाउँपालिका वडा नम्बर ९ मा पहिरोले पुरिएर भीम बिठे मावि कक्षा ५ मा अध्ययनरत १४ वर्षीय बालक विधान परियारको मृत्यु भएको छ । यसैगरी वडा नम्बर ९ मै २४ वर्षीय गंगा बस्नेतको मृत्यु भएको थियो ।

  • साझा परिवेश
  • बुधबार, साउन २३, २०८१ १0:५२

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid