May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य

खेतमा पराल डढाउने चलनले झापामा आगलागीका घटना वृद्धि

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २२, २०८० १४:१८
खेतमा पराल डढाउने चलनले झापामा आगलागीका घटना वृद्धि

झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले यहाँ आगलागीका घटना बढ्न थालेका छन् । परालमा जानजान र दुर्घटनाबस आगो सल्किएका कारण मङ्सिरमा १५ आगलागीका घटना भएको प्रहरीले जनाएको छ ।

मेचीनगरको वडा नं ८ मा धान झारेपछि बाँकी रहेको परालको घुस्यान जलाउँदा आगो अनियन्त्रित भएर कुञ्जनमणि धमलाको घरमा क्षति पुग्यो । दिउँसै लागेको उक्त आगो मेचीनगर र दमक नगरपालिकाका दुई दमकलले निभाएको थियो ।

“बेलैमा नगरपालिकाको दमकल नआएको भए अरु धेरै क्षति हुन्थ्यो”, सोही वडाको प्रगतिशील टोल विकास संस्थाका सचिव सुरेश भट्टराईले भने, “हेर्दाहेर्दै कुञ्जनमणि धमलाको गोठ जलेर खरानी भयो, गोठमा भण्डारण गरेको डेढ बिघाको पराल र मालसामान पनि डढ्यो ।”

जिल्ला प्रहरी कार्यालयका अनुसार यस मङ्सिरमा जिल्लाका विभिन्न स्थानमा आगलागीका १५ घटना हुँदा रु नौ लाख ५६ हजार पाँच सय बराबरको धनमाल क्षति भएको छ । प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार खेतमा असरल्ल फ्याँकिने परालमा स्थानीयले नै आगो लगाउने गरेका छन् । पर्यावरणीय दृष्टिलेसमेत हानिकारक र मानव बस्तीमै क्षति पुग्ने भएकाले खेतभरि धेरैमात्रामा परालमा आगो लगाउने कार्य रोक्न जनचेतनाको खाँचो रहेको रेग्मीले बताए ।

गत कात्तिक र साउनमा परालको कुन्युमा आगलागीका नौ घटना हुँदा रु चार लाख १९ हजार बराबरको धनमाल क्षति भएको उहाँले जानकारी र्दिए । जिल्लाका गाउँमा धान काटेर खेतमै कुन्यु लगाएर राख्ने र थ्रेसर मेसिन ल्याएर पालैसँग धान झार्ने चलन छ । धान झारेपछि पराल नबिक्ने भएकाले कृषकले पराललाई खेतमा फिजाएर आगो लगाइदिने गर्छन् । त्यही आगो अनियन्त्रित भएर बस्तीसम्म पुग्ने गरेको भट्टराई बताउँछन् ।

विर्तामोड–१० विराटपोखरमा यसै साता धानको कुन्युमा दिउँसै आगलागी हुँदा शन्तकुमार लोहारले अधिया कमाएको डेढ सय मन धान डढेर नष्ट भयो । लाइटरबाट निस्किएको आगो फैलिँदा उक्त आगलागी भएको थियो । यसै साता मेचीनगर–९ मागुरमाडीमा पाँच बिघा खेतको धान र चार वटा परालको कुन्युमा आगलागी भएको वडाध्यक्ष कञ्चन तामाङले बताए । उक्त आगलागी अनियन्त्रित हुँदा नजिकैको टङ्कप्रसाद उप्रेतीको घरमा आंशिक क्षति पुगेको थियो । नगरपालिकाबाट आएको दमकलले आगो निभाउनुपरेको थियो ।

सुक्खा मौसममा धान र परालमा छिटो आगो सल्किने हुँदा त्यसबाट तीव्र गतिमा आगो फैलिन्छ । चुरोटको ठुटा जथाभावी फ्याँक्दा, लागुऔषधका प्रयोगकर्ताले नसालु पदार्थ खान जथाभावी आगो बाल्दा र बालबालिकाले आगो निस्कने वस्तु चलाउँदा आगलागी हुने गरेको छ ।

घरैपिच्छे गाईबस्तु पाल्ने चलन हराउँदै गएको र व्यावसायिक गाई फार्मले कलिलो मकैको साइलेज बनाएर खुवाउने गरेका कारण धानको पराल बिक्न छाडेको मेचीनगर–१० धुलाबारीका बिपी भट्टराई बताउनुहुन्छ । पराल नबिकेपछि भण्डारण गरेर राख्नुको साटो खेतमै छरेर आगो लगाउँदा बस्तीमा वायु प्रदूषणसमेत फैलिएको पाइन्छ । डढेको परालको पिरो धुँवाले आँखा पोल्ने समस्या आउने गरेको स्थानीय बताउँछन् ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २२, २०८० १४:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।