June 16, 2025 | सोमवार, असार ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रास्वपाको समर्थन

  • साझा परिवेश
  • मङ्लबार, साउन २९, २०८१ १४:२५
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रास्वपाको समर्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जलनसम्बन्धी गैरसरकारी विधेयक दर्ता गर्ने बताएको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले विधेयक दर्ता गर्ने तयारी गरेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए ।

परियारले भने, ‘आजको बैठकमा टिआरसीसम्बन्धि विधेयक संसदमा दर्ता गरिएको छ । त्यसबारेमा पनि संसदमा छलफल गरेका छौं । संसदका गतिविधि र मुद्दाहरु कसरी अगाडि बढाउने भन्ने विषयमा नै छलफल भएको हो । हामीले जलनसम्बन्धी गैरसरकारी एउटा विधेयक दर्ता गराउने तयारी गरेका छौँ । छलफल हुँदै छ सम्भवतः आज नै दर्ता गछौं ।’

प्रतिनिधि सभाको जारी बैठकमा पेस हुन लागेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रास्वपाले समर्थन गर्ने परियारको भनाइ छ ।

त्यस्तै, पार्टी सभापति रवि लामिछानेले उद्योग व्यवसायीहरुले बाँकी बक्यौता तिर्नुपर्ने बताए ।

उनले भने, व्यवसायीहरुले प्रयोग गरेको विद्युतको बाँकी बक्यौता तिर्नुपर्छ, नो ‘इफ’ र नो ‘बट’ भनेर संसदमा पनि भनेका छौं । जसरी सर्वसाधारणले तिर्दै आएका छन् त्यसरि नै सबै जनाले बक्यौता तिर्नुपर्छ । यो कुनै प्रधानमन्त्री र मन्त्रीले आदेश दिने कुरा होइन ।

भष्ट्राचारमा समेत कुनै हदम्याद हुनु हुदैँन । मान्छे मरिसकेपछि पनि सजाय सुनाइएको हुनुपर्दछ ।’

  • साझा परिवेश
  • मङ्लबार, साउन २९, २०८१ १४:२५

प्रतिक्रिया

नेपाल अपडेट