May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

क्रोएशियामा राजदूतावास खोल्न माग

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १४, २०८१ १५:५१
क्रोएशियामा राजदूतावास खोल्न माग

काठमाडौँ — युरोप छिर्न चाहने नेपालीहरूको प्रमुख गन्तव्य बनेको युरोपेली देश क्रोएशियामा रहेका नेपालीहरुले राजदूतावास स्थापना गर्न माग गरेका छन् । उनीहरुले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै क्रोएशियामा राजदूतावास खोल्न माग गरेका हुन् ।

उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठलाई शुक्रबार क्रोएशियामा लामो समयदेखि व्यापार, व्यवसाय गर्दै आइरहेका समाजसेवी दावा लामाले एनआरएनए क्रोएशिया तथा त्यहाँ रहेका विभिन्न नेपाली समुदायहरूको प्रतिनिधित्व गर्दै राजदूतावास खोल्नका लागि ज्ञापन पत्र बुझाएका हुन् ।

हाल क्रोएशियाको लागि अष्ट्रियामा रहेको नेपाली राजदूतावासले सहजीकरण गर्दै आइरहेको छ । क्रोएशियामा करिब २० हजारको संख्यामा नेपाली नागरिकले रोजगारी गरिरहेको र क्रोएशियामा राहदानी नवीकरण लगायतका काम गर्नका लागि समस्याको सामना गर्नुपरेकाले राजदूतावास आवश्यक रहेको भन्दै परराष्ट्रमन्त्रीसँग मागपत्र बुझाइएको हो ।

परराष्ट्रमन्त्रीसँगको भेट पश्चात क्रोएशियामा राजदूतावास स्थापना हुने कुरामा आफू आशावादी भएको लामाले बताए । मन्त्री श्रेष्ठले क्रोएशियामा रहेका नेपालीहरूको समस्याबारे आफू अवगत रहेको भन्दै राजदूतावास स्थापनाको लागी सक्दो सहयोग गर्ने प्रतिबद्दता जनाएका थिए ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १४, २०८१ १५:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट