November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

रामेछाप पहिरो अपडेट : एकै परिवारका चारसहित ६ जनाको शव फेला

  • साझा परिवेश
  • आइतवार, भदौ ९, २०८१ १0:३७
रामेछाप पहिरो अपडेट : एकै परिवारका चारसहित ६ जनाको शव फेला

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेकखर्कमा पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ। गएरातिको अविरल बर्षासँगै आएको पहिरोले घर बगाउँदा ६ जनाको मृत्यु भएको हो।

पहिरोले पुरिएको अवस्थामा घटनास्थलबाट शव निकालिएको प्रहरीले जनाएको छ। घटनास्थलमा पुगेका स्थानीय सिंहराज योञ्जनका अनुसार हालसम्म चण्डिका थापा मगर,आमस थापा मगर, उर्मिला पहरी, सन्दीप पहरी, विज्ञान पहरी, सन्तोष पहरीको शव पहिरोबाट निकालिएको हो।

उनका अनुसार अझै चार जना बेपत्ता रहेकाले खोजी कार्य जारी रहेको छ। पहिरोमा फड्की पहरी, काले पहरी, झ्याउकिरी पहरी, बिन्दा पहरी बेपत्ता रहेका छन्। पहिरोमा परेर घाइते अवस्थामा अञ्जना पहरीको उद्धार गरिएको छ।

अहिले नेपाली सेना, प्रहरी, स्थानीय उद्धार र खोजी कार्यमा जुटिरहेका छन्। पहिरोले ४ वटा घर र दोरम्बा गाउँपालिका वडा नम्बर ३ र २ को बीचमा रहेको पक्की पुल पनि बगाएको छ। पहिरो गएपछि त्रासले टोकरपुरबासी रातभर जागै बसेका थिए। गएरातिको वर्षापछि पहिरो जाँदा वडा नम्बर १,२ र ३ का स्थानीय प्रभावित भएका छन्। यता बाढीले रामेछाप र दोलखाको सिमानामा रहेको मिल्ती खोलाको पुलमा समेत क्षति पुर्‍याएको छ।

  • साझा परिवेश
  • आइतवार, भदौ ९, २०८१ १0:३७

प्रतिक्रिया