बाँकेको नेपालगञ्जमा रहेको वीपी कोइरालाको शालिकमा मोसो दलेर कालो कपडाले ढाकीएको घटना सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा यसको विरोध सुरु भएको छ । आखीर कस्ले दल्यो त कालोमासो ? भन्ने प्रश्न उब्नीएका छन् ।
उता नेपाली काङ्ग्रेसले भने (राप्रपा) सहित राजावादी समूहले मोसो दलेको भन्दै त्यसको विरोध गरेको छ । राप्रपाका महामन्त्री तथा सांसद धवल शमशेर राणाको रिहाइ माग गर्दै शनिाबार साँझ राँके जुलुस भएको थियो । सो क्रममा राजावादी समूहले नै शालीकमा मोसो दलिएको आरोप छ । तर जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी तुलबहादुर कार्कीले भने मोसो नदलिएको बताए । ‘राप्रपाले राँके जुलुस निकालेको रहेछ । अराजक व्यक्तिहरूले बीपीको शालिकमा कपडा फ्याँकेका रहेछन् । मोसो दलेको होइन । त्यो कपडा हटाइसकियो ।’ भन्दै उनले भनेका छन् । उता नेपाली कांग्रेसले भने उक्त घटनामा संलग्न जोकोहीलाई तत्काल पक्राउ गरी कारबाही गर्न पनि माग गरेको छ ।