April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै नियमानुसार बाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन गृहको निर्देशन

नेपाली सेनाको आकार स्वघोषित विज्ञले तोक्ने होइन : प्रधान सेनापति शर्मा

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ १६:३९
नेपाली सेनाको आकार स्वघोषित विज्ञले तोक्ने होइन : प्रधान सेनापति शर्मा

पोखरा । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको काम, जिम्मेवारी र संख्यालाई लिएर अनर्गल प्रचार भइरहेको भन्दै असन्तुष्टि जनाएका छन् ।

पोखराको फूलबारीमा पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै शर्माले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट नेपाली सेनाका विषयमा अनर्गल प्रचार भइरहेको बताए ।

नेपाली सेनाले संविधानसम्मत निर्वाह गरिरहेको जिम्मेवारीका बारेमा बेला मौकामा अनर्गल गाली र प्रचारहरु गर्ने गरेको उनको आरोप छ । ‘नेपाली सेनाले संविधानसम्मत रुपमा निर्वाह गरिरहेको जिम्मेवारीका विषयमा बेलाबखत दुष्प्रचार भइरहेको पाइन्छ । विभिन्न सञ्चार माध्यमबाट र सामाजिक सञ्जालबाट प्रशारित हुने यस किसिमको भ्रामक प्रचारबाजीबाट तपाईहरु टाढै रहनुपर्छ’ प्रधान सेनापति शर्माले भने ।

नेपाली सेनाका बारेमा केही जान्न इच्छा भएका आधिकारिक वेबसाइट र सम्बन्धित विभागमा गरेको परिपत्रबाट बुझ्न पनि उनले आग्रह गरे ।

‘समय समयमा कसको इसारामा हो, बाहिरी व्यक्तिहरुबाट नेपाली सेनाको संख्या यति हुनुपर्छ, उति हुनुपर्छ र यस्तो साइजको हुनुपर्छ, राइट साइजिङ हुनुपर्छ र अन्य किसिमको भन्ने नचाहिँदो नचाहिँदो किसिमका कुराहरु पनि हुने गर्छ र त्यसलाई प्रकाशित पनि गर्ने गरेको पाइएको छ’, प्रधान सेनापतिले शर्माले भने, ‘यो हेर्दा हाँस्यापद हो भन्न चाहन्छु ।’

आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा नेपाल सरकारले निर्धारण गर्ने विषय भएको उनको भनाइ थियो । ‘न कि कुनै आइएनजिओ, एनजिओमा बसेर आफैं स्वघोषित प्राज्ञ, स्वघोषित विज्ञ, सुरक्षा विज्ञ भन्नेहरुले गर्ने होइन,’ उनले भने, ‘यो नेपाल सरकारको काम हो भनेर उहाँहरुलाई पनि म भन्न चाहन्छु ।’

नेपाली सेनाले देशको अर्थतन्त्रमा गरेको योगदान र कल्याणकारी कामबारे भने सुरक्षा विज्ञहरुले कतै पनि उल्लेख नगरेको शर्माको भनाइ छ ।

नेपाली सेनासँग सम्बन्धित विभिन्न सूचनाहरुसँगै कल्याणकारी कार्य र कोषको समेत वेबसाइटमा प्रकाशित हुने गरेको उनले बताए । शिक्षा, स्वास्थ्य, स्वरोजगार र केही मात्रामा भए पनि सहुलियतमा हिताधिकारीलाई सुविधा उपलब्ध गराउन कल्याणकारी कोष प्रयोग गरिएको उनको भनाइ थियो । कोषको रकम सदुपयोग गर्न आफू निकै संवेदनशील भएर लागेको शर्माले बताए ।

अहिले ७३ अर्ब रुपैयाँ नेपाली सेनाको कल्याणकारी कोषमा रहेको र त्यसको १३ करोड ३७ लाख रुपैयाँ ब्याजबाट खर्च गर्ने गरेको उनले जानकारी दिए । नेपाली सेनाले शान्ति सेनामा गएर नेपालभित्र वर्षको २२ करोड अमेरिकी डलर ल्याउने गरेको प्रधान सेनापति शर्माले बताए । यसरी वर्षको २२ देखि ३३ अर्ब रुपैयाँ विदेशी मुद्रा नेपाली सेनाले ल्याउँदा नेपालको अर्थतन्त्रलाई सहयोग गरेको दाबी गरे ।

१० लाख हिताधिकारीलाई सहयोग पुग्ने गरी विभिन्न कल्याणकारी कार्यक्रम गरेको शर्माको भनाइ थियो । कल्याणकारी कोषको ठूलो रकम शिक्षा क्षेत्रमा खर्च गरेको पनि उनले बताए ।

शिक्षालाई पहिलो प्राथमिकतामा राखेर रकम खर्च गर्ने गरेको बताउँदै प्रधान सेनापति शर्माले सैनिक स्कुल नभएका ठाउँमा पनि पढ्ने व्यवस्था मिलाउने काम भइरहेको उल्लेख गरे । नेपाली सेनाका कर्मचारीको फरक क्षमता भएका छोराछोरीका लागि वरदान फरक क्षमता विद्यालय पनि बनाउन लागिएको बताए ।

नेपाली सेनाको आफ्नै मेडिकल कलेज र यस वर्षदेखि इन्जिनियरिङ कलेज पनि सञ्चालन गर्न लागिएको शर्माले जानकारी दिए । सबै प्रदेशमा एउटा अस्पताल खोल्ने नीतिअनुसार बु्टवलमा पनि सैनिक अस्पताल निर्माणाधीन रहेको उनले बताए ।

फूलबारी ब्यारेकमा भएको सम्मेलनमा मनाङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा स्थायी बसोबास गर्ने ३ हजार ८९४ भूपू सैनिक सहभागी थिए ।
सेनाको नं ३ बाहिनी अड्डा खैरेनीटार तनहुँमा शुक्रबार गोरखा, लमजुङ र तनहुँमा स्थायी बसोबास गर्ने भूपू सैनिकको सम्मेलन हुनेछ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ १६:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट