बिहिबार बेलुका आसाममा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाई शुक्रबार बिहान झापा ल्याइपुयाइयो । त्यसपछी उनलाई बिहान ११ बजेको बुद्ध एयरको विमान मार्फत काठमाडौं ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा बिहान केहीबेर राखेर उनलाई चन्द्रगढी विमानस्थल पु¥याइएको थियो । जिल्ला प्रहरी कार्यालयबाट विमानस्थलसम्म पु¥याउँदा उनलाई हतकडी लगाइएको थियो ।
विमानमा चढाइसकेपछि भने उनको हतकडी खोलिएको थियो । काठमाडौं ओर्लिएपछि पुनः हतकडी लगाइएको थियो । अहिले उनलाई जिल्ला प्रहरी परिसर लगिएको छ । दुर्गा प्रसाईमाथी तीनकुनेमा भएका हिंसात्मक घटनाको बारेमा अनुसन्धान हुने प्रहरीले जनाएको छ। उनीमाथी ज्यान मुद्दा, चोरी तथा डकैती, निजी सम्पत्तिको तोडफोड तथा आगजनी, सार्वजनिक सम्पत्तिको हानीनोक्सानी, ड्यूटीमा रहेका प्रहरीमाथि आक्रमण, संगठित अपराधमा अनुसन्धान हुने भएको छ।