परिवारजनले उत्तर प्रदेशस्थित खोयापाया केन्द्र (हराएका व्यक्ति बारेमा सूचना दिने केन्द्र) मा पुगी जानकारी गराएका थिए ।
हराएका सदस्यको खोजिमा लामो समयदेखी भौतिरिएका साह परिवारलाई चार दिनअघि उत्तर प्रदेश प्रहरीबाट आएको खबरले निकै खुशी बनायो ।
छोरी भेटिने माध्यम बनेका उत्तर प्रदेश प्रहरीले मन्दिर आसपासकै क्षेत्रबाट सकुशल उद्दार गरी आफूहरुलाई बोलाएर जिम्मा लगाएको साह परिवारले बताएका छन् । रोशनी मधेश आन्दोलनका सहिद स्व. दिलिप साहकी आफ्नै भतिजि हुन् ।
एता प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले तीर्थ यात्राका लागि भारतको अयोध्या पुगेकी रोशनी सम्पर्कबिहीन भएको बेला परिवारजनले जानकारी गराएर पहलका लागि आग्रह गरे पनि अहिले भेटिएको सुनिएपनि परिवारजनले आधिकारीक रुपमा कुनै जानकारी नगराएको बताएका छन् ।