May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

इन्डो–प्यासिफिक सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा आज भारत जाँदै

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १0:४0
इन्डो–प्यासिफिक सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा आज भारत जाँदै

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आज भारत जाने

इण्डो-प्यासिफिक सेना प्रमुखहरूको सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा आज नयाँ दिल्ली प्रस्थान

काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आज भारत जाने भएका छन्। असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने १३ औं संस्करणको इण्डो-प्यासिफिक सेना प्रमुखहरूको सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा आज नयाँ दिल्ली प्रस्थान गर्न लागेका हुन्।

भारत र अमेरिकाको सेनाहरूको सह-आयोजनामा उक्त सम्मेलन हुन लागेको हो। सम्मेलनमा अमेरिका, फ्रान्स र बेलायतलगायत देशका प्रधान सेनापति एवम् प्रतिनिधि सहभागी हुनेछन्।

सम्मेलनमा प्रधानसेनापतिसँगै उपरथी योगराज शर्मा,महासेनानी वसन्तबहादुर गौतम र सेनाका सुवेदार रत्नबहादुर थापा मगर सहभागी हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

गत भदौ २३ गतेको मन्त्रिपरिषद‍् बैठकले प्रधानसेनापति शर्माको भ्रमण स्वीकृत गरेको थियो। उनी असोज ११ गते स्वदेश फर्किनेछन्।

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १0:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट