नेपालको एकमात्र अन्तिम घुमन्ते–फिरन्ते समुदाय राउटे मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ। शाहीको सोमबार राती बस्तीमै निधन भएको हो । सुर्खेतको बराहताल गाउँपालिका–८ सोतखोला क्षेत्रमा बसोबास गर्दै आएका ४९ वर्षीय शाहीको सोमबार राती बस्तीमै मृत्यु भएको हो। अत्यधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको बताइएको छ।
राउटे समुदायले मुखिया शाहीको परम्परा अनुसार अन्त्येष्टि गरिसकेका छन् ।
राउटे बस्तीमा कार्यरत जोडी शिक्षक लालबहादुर खत्री भन्छन्, ‘वैशाख १ मा राउटेले धुमधामले नयाँ वर्ष मनाउँछन्, त्यसयता मुखिया शाहीले अत्यधिक मदिरा सेवन गरिरहेका थिए, ‘मदिराकै कारण दुई÷तीनदेखि बिरामी परेका उनलाई उपचारका लागि लैजाने कुरा भइरहेको थियो, सोमबार साँझ निधन भयो।’ बाह्य समुदायका व्यक्तिहरूले बस्तीमा आएर मुखिया भन्दै पैसा दिने गरेका कारण पनि यस्तो समस्या भएको उनको भनाई छ। राउटे समुदायले मुखिया शाहीको परम्परा अनुसार अन्त्येष्टि गरिसकेका छन्। राउटे समुदायमा कुनै व्यक्तिको निधन भएमा बस्ती सर्ने चलन छ। सोही अनुसार उनीहरू बस्ती सर्ने तयारीमा छन्। उनको निधनसँग्ै राउटे समुदायका नागरिकको जनसंख्या १३५ मा झरेको छ।