पेस्तोल पड्काएकी जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य नेतृ डाक्टर बबी सिंह यादवले सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडिओलाई लिएर स्पष्टीकरण दिएकी छन् । एक वैवाहिक समारोहमा ‘रेन्जर टोइ’ नामक खेलौनाबाट गरिएको फायरलाई अतिरञ्जित गरी सामाजिक सञ्जालमा प्रचार गरिएको प्रति उनले चिन्ता व्यक्त गर्दै उनले आफ्नो फेसबुक पेज मार्फत स्पष्टीकरण दिएकी हुन् । उनले एक वैवाहिक समारोहकाबिच ’रेन्जर टोय’ नामक खेलौनाले फायरिङ गरेको दाबी गर्दै आफूले प्रयोग गरेको खेलौना गनको तस्विर समेत फेसबुकमा राखेकी छिन् ।
“केही समय यता सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडिओ प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । एक वैवाहिक समारोहकाबिच मैले रेन्जर टोय नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाई दिनु हुनका लागि यहाँ सम्पूर्णमा अनुरोध एवं आग्रह गर्दछु । साथै, सो भिडिओ नितान्त मनोरञ्जनात्मक मात्रै भएको समेत जानकारी गराउँदछु,“ भन्द्यै उनले आफ्नो फेसबुक स्टाटसमा लेखेकी छिन् ।