April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

क्रिकेट टिम फर्कियो स्वदेश

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १३:५५
क्रिकेट टिम फर्कियो स्वदेश
  • नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो 
  • अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपर्यो 
  • समग्रमा एसियन गेम्सले  हाम्रो अनुभव लियो 
  • सर्वाधिक कम बलमा अर्धशतकको रेकर्ड बनाए

काठमाडौं ।।

१९ औं एशियाली खेलकुद प्रतियोगितामा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । क्वार्टरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको हो । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित स्वागत गरिएको थियो । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआएपनि खेल राम्रो भएको बताए । अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपरेको उनले सुनाए ।

स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कप्तान रोहित पौडेलले नतिजा नेपालको पक्षमा नआए पनि यो भ्रमण धेरै सकरात्मक रहेको बताए ।‘समग्रमा भन्नुपर्दा एसियन गेम्सको हाम्रो अनुभव राम्रो भयो । सोचेजस्तो नतिजा आएन । तर धेरै सकरात्मक कुराहरु रहे जसरी दीपेन्द्र र कुशलले ब्याटिङ गरे त्यो निकै राम्रो पक्ष हो ।’ आउने दिनमा बलिया देशहरुसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने उनको धारणा थियो । क्रिकेटर दीपेन्द्र सिंह ऐरीले रेकर्ड तोड्न पाउँदा धेरै खुशी भएको बताए । उनले मेंगोलियाविरुद्ध भएको खेलमा सर्वाधिक कम बलमा अर्धशतकको रेकर्ड बनाएका थिए ।

 

 

 

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १३:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।