नागरिक उड्डयन सुरक्षा ब्यूरो (बीसीएएस)ले देशभरका सबै एयरलाइन्स र विमानस्थलहरूलाई सुरक्षा उपायहरू बढाउन निर्देशन दिएको छ । निर्देशन अनुसार, सबै विमानस्थलहरूमा सबै यात्रुहरूको जाँच गरिनेछ । टर्मिनल भवनमा आगन्तुकहरूको प्रवेश निषेध गरिएको छ ।
एयर मार्शल तैनाथ गर्न निर्देशन दिइएको छ । एयर इन्डियाले बीसीएएसलाई उदृत गर्दै आन्तरिक यात्रुहरूले तीन घण्टाअगाडि विमानस्थल पुग्नुपर्ने बताएको छ । ७५ मिनेट अगाडि चेक–इन बन्द हुने जनाएको छ ।