May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु

भोलि चार घण्टा विद्युत् आपूर्ति बन्द हुने

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १0:२७
भोलि चार घण्टा विद्युत् आपूर्ति बन्द हुने
  • चार घण्टा विद्युत् आपूर्ति बन्द गरिने
  • शनिबार बिहान ७ देखि ११ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने 
  • असुविधाप्रति नेपाल विद्युत् प्राधिकरण क्षमाप्रार्थी

काठमाडौं ।।

काठमाडौंका केही स्थानमा शनिबार (भोलि) चार घण्टा विद्युत् आपूर्ति बन्द गरिने भएको छ । स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मतका निम्ति नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गर्न लागेको हो ।

सिंहदरबार परिसरभित्रका सबै कार्यालय, जिल्ला प्रशासन कार्यालय समेत बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतोपुल र रातोपुल क्षेत्रमा चार घण्टा विद्युत् आपूर्ति बन्द गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यी क्षेत्रमा शनिबार बिहान ७ देखि ११ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिनेछ ।

“यस नेपाल विद्युत् प्राधिकरणले स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत कार्य गर्न बन्द गर्नुपर्ने भएकोले सिंहदरबारस्थित के ३ सबस्टेसनबाट आपूर्ति हुने सिंहदरबार परिसरभित्रका सम्पूर्ण कार्यालयहरू, जिल्ला प्रशासन कार्यालय समेत बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतोपुल, रातोपुल क्षेत्रमा मिति २०८०/०७/१८ गते बिहान ०७ः०० बजेदेखि ११ः०० बजेसम्म तथा बागबजार विद्युत् आपूर्ति बन्द हुने व्यहोरा सम्पूर्ण महानुभावहरूलाई जानकारीका लागि अनुरोध छ,” प्राधिकरणले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ, “यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत् प्राधिकरण क्षमाप्रार्थी छ ।”

 

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १0:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।