January 15, 2025 | बुधबार, माघ २, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

नेकपा सचिवालय बैठक बिनानिष्कर्ष टुंगियो, आइतबार बोलाइयो स्थायी कमिटी

  • साझा परिवेश
  • शनिबार, मंसिर २०, २०७७ १७:0८
नेकपा सचिवालय बैठक बिनानिष्कर्ष टुंगियो, आइतबार बोलाइयो स्थायी कमिटी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक आइतबार १ बजे धुम्बाराहीमा बस्ने भएको छ। शनिबार बालुवाटारमा सचिवालय बैठक बसेको थियो। बैठकले हालसम्म पार्टीमा प्रस्तुत भएका एजेन्डा स्थायी कमिटीमा पेश गरेर छलफल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

‘पार्टीको संकट निवारणका लागि अहिलेसम्म प्रस्तुत भएका विषयवस्तु र एजेन्डा स्थायी कमिटीमा पेश गरेर छलफल हुन्छ,’ श्रेष्ठले भने। उनले पार्टीको समस्याका विषयमा शनिबार छलफल भए पनि निष्कर्ष निस्किन सम्भव नभएको बताए। उनले दुई अध्यक्षबीचको छलफल जारी रहने बताए।

‘आजैको बैठकबाट निष्कर्ष निस्केको छैन, सम्भव पनि थिएन,’ उनले भने। ब सचिवालय बैठकअघि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले छलफल गरेका थिए। दुई अध्यक्षबीचको छलफलपछि सचिवालय बसेको थियो।

  • साझा परिवेश
  • शनिबार, मंसिर २०, २०७७ १७:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्