May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

आज नेपालले मंगोलियासँग खेल्ने

  • साझा परिवेश
  • आइतवार, असार ३, २०८० १0:१७
आज नेपालले मंगोलियासँग खेल्ने

 काठमाडौं ।।

कीर्गिस्तानको बिस्केकमा आजदेदखि काभा पुरुष भलिबल नेसन्स लिग सुरु हुँदैछ ।

जुन १८ देखि २५ सम्म हुने नेसन्स लिगमा नेपालले आज पहिलो खेलमा मंगोलियासँग खेल्दैछ । नेपालले मंगोलियासाग २०१८ पछि पहिलो पटक खेल्न लागेको हो । २०१८ मा इन्डोनेसियामा भएको एसियन गेम्समा नेपालले मंगोलियालाई पराजित गरेको थियो ।

  • काजखस्तानले पनि नखेल्ने
  • नेपाल टिम 

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को कार्यक्रम अनुसार हुन लागेको नेसन्स लिगमा नेपालसहित कुल ७ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा घरेलु टोली कीर्गिस्तानको भने दुई टिम समावेश छन् । नेपालले दोस्रो खेल जुन १९ मा घरेलु टोली कीर्गिस्तानसँग खेल्नेछ भने तेस्रो खेल इरानसँग जुन २० मा खेल्नेछ ।

नेपालले जुन २२ मा तुर्कमिनेस्तान, जुन २३ मा कीर्गिस्तान बी टिम र जुन २५ मा उज्वेकिस्तानसँग खेल्नेछ । नेपालले यसपटक नयाँ कप्तान हरि हजुर थापाको नेतृत्वमा खेल्दैछ । नेपाली टिममा हेमन्त मल्ल , सफल विक र भीम गाहा मगर गरी तीन नयाँ खेलाडी छन् ।

काजखस्तानले पनि नखेल्ने

काभा नेसन्स लिगमा सुरुमा सेन्ट्रल एसियाका ७ टिमले खेल्ने तय थियो । तर यसअघि नै पाकिस्तानले नाम फिर्ता लियो । पाकिस्तानको स्थानमा मंगोलियाले नेसन्स लिग खेल्ने भएपछि ७ टिम नै खेल्ने तय थियो । तर अन्तिम समयमा प्रतियोगिता सुरु हुनु एक साता अघि काजखस्तानले पनि नाम फिर्ता लिएको काभाले जनाएको छ ।

काजखस्तानले नाम फिर्ता लिएपछि अब ६ टिमले सहभागिता जनाउने भएको छ । यद्यपि आयोजक कीर्गिस्तानले आफ्नो बी टोलीलाई पनि प्रतियोगितामा खेलाउने निर्णय गरेको हो । प्रतियोगिता सिंगल राउण्ड रोविनका आधारमा हुनेछ र लिग पछि धेरै अंक जोड्ने शीर्ष टोली च्याम्पियन हुने काभाले जनाएको छ ।

प्रतियोगिताको खेलहरु बिस्केकस्थित चोल्फन-अतामा रहेको स्पोर्ट्स एण्ड रिक्रिएसन कमप्लेक्स गाज्प्रोममा हुनेछ ।

नेपाल टिम 

हरिहजुर थापा (कप्तान), लोकेन्द्रराज गिरी, मानबहादुर श्रेष्ठ, टेकराज अवस्थी, राजेन्द्र विष्ट, रोविन चन्द, दुर्गाबहादुर खड्का, हरिबहादुर अधिकारी, सफल विक, धनबहादुर भट्ट क्षेत्री, हेमन्तबहादुर मल्ल, भीमबहादुर गाहा

  • साझा परिवेश
  • आइतवार, असार ३, २०८० १0:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।