May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

यी हुन मानिसका हर मनोकामना पूरा गराउने ब्रत र त्यसको विधि

  • साझा परिवेश
  • आइतवार, मंसिर २१, २०७७ 0७:४९
यी हुन मानिसका हर मनोकामना पूरा गराउने ब्रत र त्यसको विधि

काठमाडौं, मंसिर २१ : धार्मिक मान्यता छ, भगवान सर्वत्र छन्, सर्वब्यापी छन् । हर कण–कणमा भगवानको वास रहन्छ । त्यसैले मनुष्य भगवानलाई प्रसन्न पार्न हरसम्भव प्रयाश गर्दछ । भगवानबाट आफ्नो मनकामना पुर्ण होस् भनेर अनेक उपाय गर्दछ ।

तर पनि उसको मनचाह फल पाउन सक्दैन । तर शास्त्र अनुसार मानिसले आफुले चाहेको वर पाउन केहि व्रत तथा नियमको पालना गर्नुपर्ने हुन्छ । हरेक मनोकामनाका लागी अलग अलग व्रत र त्यसका नियमहरु रहने गरेका छन् । यदि कोहि सन्तान प्राप्तिको मनोकामना राख्दछ भने उसले त्रयोदशीको व्रत बस्नु पर्छ ।

यदि कसैलाई विवाहमा अड्चन आइरहेको छ भने बिहीबारको व्रत बस्नु पर्दछ । त्यस्तै कुनै अन्य मनोकामना पुरा होस् भन्ने चाहना छ भने एकादशीको व्रत बस्नु उपयुक्त हुन्छ । यी व्रतका नियमबारे जानकारी लिनुहोस् ।

सन्तान प्राप्तिको व्रत र नियम
१. सन्तान प्राप्तिका लागी हरेक महिनाको त्रयोदशी तिथिको व्रत बस्नु पर्दछ ।
२. यस व्रतको दिन केवल जलाहार वा फलाहार मात्र ग्रहण गर्नुपर्दछ ।
३. त्यस दिन बिहान र साझँ ११ माला ‘ॐ नमः शिवाय’ को जप गर्नुपर्दछ ।
४. साझँमा शिव मन्दिर गई दर्शन गरेर मात्र भोजन गर्नुपर्दछ ।

विवाहको अड्चन हटाउने व्रत र नियम
१. विवाहको अड्चन हटाउन वा विवाहको कामना पुरा गर्न ११ बिहीबारको व्रत बस्नुपर्दछ ।
२. व्रतको दिन बिहान सबेरै उठेर नुहाई पहेलो वस्त्र धारण गर्नुपर्दछ ।
३. व्रतका क्रममा पवित्र जल केराको बोटमा अर्पण गरी १६ पटक परिक्रमा गर्नुपर्दछ ।
४. त्यसपश्चात ॐ नमो भगवते वासुदेवाय मन्त्रको १ सय ८ पटक जप गर्नुपर्दछ ।
५. व्रतको दिन सूर्यास्त हुनुपुर्व कुनै पनि पहेलो चीजको सेवन गर्नुहुदैन ।
६. बिहीबारको दिन नुनको सेवन गर्नुहुदैन ।
७. साझँमा पनि ॐ नमो भगवते वासुदेवाय मन्त्रको जप गर्नुपर्दछ ।

मनोकामना पुर्ण गराउने व्रत र नियम
१. धार्मिकशास्त्र अनुसार एकादशी व्रत सबैभन्दा महत्वपुर्ण र शुभ फलदायी व्रत मानिन्छ ।
२. शुक्ल र कृष्ण पक्ष तिथि गरी महिनामा दुई पटक एकादशीको व्रत हुने गर्दछ । दुबै व्रतको फल समान हुन्छ ।
३. यस व्रतको दिन शुद्ध जलीय आहार मात्र ग्रहण गर्नु पर्दछ ।
४. यदि निर्जल व्रत बस्न सकेमा एकादशी व्रतले अद्भुत परिणाम दिने मान्यता छ ।
५. यस व्रतका क्रममा इष्ट देवता वा विष्णु भगवानसंगै शिवको आराधना गर्नु पर्दछ ।
६. एकादशी व्रतमा चारै बेलामा आराधना गरे मनोकामना पुर्ण हुने मान्यता छ ।
७. व्रतको भोलीपल्ट बिहान एकछाक भोजन आवश्यकता भएकालाई दान गरी कागती पानि खाएर मात्र उपवास समाप्त गर्नुपर्दछ । आजतकबाट

  • साझा परिवेश
  • आइतवार, मंसिर २१, २०७७ 0७:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।