sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

यी हुन मानिसका हर मनोकामना पूरा गराउने ब्रत र त्यसको विधि

  • साझा परिवेश
  • आइतवार, मंसिर २१, २०७७ 0७:४९
यी हुन मानिसका हर मनोकामना पूरा गराउने ब्रत र त्यसको विधि

काठमाडौं, मंसिर २१ : धार्मिक मान्यता छ, भगवान सर्वत्र छन्, सर्वब्यापी छन् । हर कण–कणमा भगवानको वास रहन्छ । त्यसैले मनुष्य भगवानलाई प्रसन्न पार्न हरसम्भव प्रयाश गर्दछ । भगवानबाट आफ्नो मनकामना पुर्ण होस् भनेर अनेक उपाय गर्दछ ।

तर पनि उसको मनचाह फल पाउन सक्दैन । तर शास्त्र अनुसार मानिसले आफुले चाहेको वर पाउन केहि व्रत तथा नियमको पालना गर्नुपर्ने हुन्छ । हरेक मनोकामनाका लागी अलग अलग व्रत र त्यसका नियमहरु रहने गरेका छन् । यदि कोहि सन्तान प्राप्तिको मनोकामना राख्दछ भने उसले त्रयोदशीको व्रत बस्नु पर्छ ।

यदि कसैलाई विवाहमा अड्चन आइरहेको छ भने बिहीबारको व्रत बस्नु पर्दछ । त्यस्तै कुनै अन्य मनोकामना पुरा होस् भन्ने चाहना छ भने एकादशीको व्रत बस्नु उपयुक्त हुन्छ । यी व्रतका नियमबारे जानकारी लिनुहोस् ।

सन्तान प्राप्तिको व्रत र नियम
१. सन्तान प्राप्तिका लागी हरेक महिनाको त्रयोदशी तिथिको व्रत बस्नु पर्दछ ।
२. यस व्रतको दिन केवल जलाहार वा फलाहार मात्र ग्रहण गर्नुपर्दछ ।
३. त्यस दिन बिहान र साझँ ११ माला ‘ॐ नमः शिवाय’ को जप गर्नुपर्दछ ।
४. साझँमा शिव मन्दिर गई दर्शन गरेर मात्र भोजन गर्नुपर्दछ ।

विवाहको अड्चन हटाउने व्रत र नियम
१. विवाहको अड्चन हटाउन वा विवाहको कामना पुरा गर्न ११ बिहीबारको व्रत बस्नुपर्दछ ।
२. व्रतको दिन बिहान सबेरै उठेर नुहाई पहेलो वस्त्र धारण गर्नुपर्दछ ।
३. व्रतका क्रममा पवित्र जल केराको बोटमा अर्पण गरी १६ पटक परिक्रमा गर्नुपर्दछ ।
४. त्यसपश्चात ॐ नमो भगवते वासुदेवाय मन्त्रको १ सय ८ पटक जप गर्नुपर्दछ ।
५. व्रतको दिन सूर्यास्त हुनुपुर्व कुनै पनि पहेलो चीजको सेवन गर्नुहुदैन ।
६. बिहीबारको दिन नुनको सेवन गर्नुहुदैन ।
७. साझँमा पनि ॐ नमो भगवते वासुदेवाय मन्त्रको जप गर्नुपर्दछ ।

मनोकामना पुर्ण गराउने व्रत र नियम
१. धार्मिकशास्त्र अनुसार एकादशी व्रत सबैभन्दा महत्वपुर्ण र शुभ फलदायी व्रत मानिन्छ ।
२. शुक्ल र कृष्ण पक्ष तिथि गरी महिनामा दुई पटक एकादशीको व्रत हुने गर्दछ । दुबै व्रतको फल समान हुन्छ ।
३. यस व्रतको दिन शुद्ध जलीय आहार मात्र ग्रहण गर्नु पर्दछ ।
४. यदि निर्जल व्रत बस्न सकेमा एकादशी व्रतले अद्भुत परिणाम दिने मान्यता छ ।
५. यस व्रतका क्रममा इष्ट देवता वा विष्णु भगवानसंगै शिवको आराधना गर्नु पर्दछ ।
६. एकादशी व्रतमा चारै बेलामा आराधना गरे मनोकामना पुर्ण हुने मान्यता छ ।
७. व्रतको भोलीपल्ट बिहान एकछाक भोजन आवश्यकता भएकालाई दान गरी कागती पानि खाएर मात्र उपवास समाप्त गर्नुपर्दछ । आजतकबाट

  • साझा परिवेश
  • आइतवार, मंसिर २१, २०७७ 0७:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid