sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राष्ट्रिय संगीतकर्मी संघ काभ्रेको चौथो जिल्ला अधिवेशन सम्पन्न

  • साझा परिवेश
  • आइतवार, मंसिर २१, २०७७ २0:0९
राष्ट्रिय संगीतकर्मी संघ काभ्रेको  चौथो जिल्ला अधिवेशन सम्पन्न

काभ्रे, मंसिर २१ । राष्ट्रिय संगीतकर्मी संघ काभ्रेको चौथो जिल्ला अधिवेशन नेपाल नगरपालिका संघका अध्यक्ष एवम् धुलिखेल नगरपालिकाका मेयर अशोक व्यान्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । बनेपामा सम्पन्न कलाकारहरुको छाता संगठन राष्ट्रिय संगीतकर्मी संघ काभ्रेको चौथो जिल्ला अधिवेशनले पुनः कलाकार निर्देशक अमरकृष्ण चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गर्दै सम्पन्न भयो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि व्याञ्जुले कला साहित्यले समाज परिवर्तनमा उल्लेख्य योगदान पु¥याएको बताउँदै स्थानी तह, प्रदेश र संघ तिनैवाटा सरकारले कलाक्षेत्रको विकासको लागि निति नै बनाएर सहयोग गर्नुपर्ने धारणा राखे । आफू पनि कलाकारिता अनि साहित्यमा निकै समय सक्रिय रहेको स्मरण गराउँदै कोभिडको महामारीको समयभित्र बाह्रवटा कथा लेखेको बताए । उनले आफू र धुलिखेल नगरपालिकाबाट कलाकारलाई सम्मान गर्दै आएको र निरन्तर गरिरहने बताउँदै कलाकारहरुको लागि आफूले सक्ने सहयोग सधैं गरिरहने प्रतिवद्धता जनाएका थिए । मेयर व्याञ्जुले कलाकारहरु कै लागि चाँडै नै धुलिखेलमा एकेडेमी बनाउन लागेको बताए ।

कार्यक्रममा विशेष अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले काभ्रे जिल्लामा चलचित्र छायाँकनको मुख्य हब बनाउने योजना रहेको बताए । दाहालले काभ्रे जिल्लाभित्र चलचित्रका लागि स्टुडियो बनाउने समेत बताए । उनले चाँडै नै चलचित्र क्षेत्रको विकासका लागि काभ्रेका पालिकाहरुलाई समट्दै वृहत कार्यशाला गर्न लागेको जानकारी दिए ।

कार्यक्रममा संस्थाका पूर्व केन्द्रिय अध्यक्ष रेशम थापाले कलाकारहरु एक भई हक अधिकारका लागि लागिपर्नुपर्ने अवस्था आएको बताए । यस्तै वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटाले गीत संगीतमा उत्ताउलो छाडा प्रवृतिको न्युनिकरण गर्दै चेतनामुलक, समाजलाई सन्देश दिने गीत संगीत सिर्जना गर्नुपर्ने धारणा राखे । केन्द्रिय वरिष्ठ उपाध्यक्ष नमराज ढुंगानाले संगीत बिकास बोर्डको आवश्यकता औंल्याए ।

संघको अधिवेशनले चन्दको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । जिल्ला तथा राजधानीमा रहेर कलाकारितामा सक्रिय कलाकारहरु आवद्ध राष्ट्रिय संगितकर्मी संघको चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । कलाक्षेत्रमा लागेर समाज विकास र समाज परिवर्तनमा योगदान पु¥याई कलाक्षेत्रको विकासमा योगदान पु¥याउने कलाकारलाई समेत सम्मान गरिएको थियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष चर्चित निर्देशक दयाराम दाहाल, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का र राष्ट्रिय संगितकर्मी संघका केन्द्रीय महासचिव एवम् कलाकार, चलचित्र निर्माता बिक्रमजंग शाहलाई सम्मान गरिएको थियो । कलाकार शाहलाई सोही अवसरमा समाज विकासका लागि सहयोगी हातहरु र नाट्कर्मी महासंघको तर्फबाट पनि सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वहरुलाई प्रमुख अतिथि व्याञ्जुले सम्मान गर्नुभएको थियो ।

चन्दको अध्यक्षतामा नवनिर्वाचित समितिमा वरिष्ठ उपाध्यक्षमा सविता ढुंगाना, उपाध्यक्ष शर्मिला लामा थिङ, सचिव मधु लामा, सह सचिव अनिशा तामाङ, कोषाध्यक्ष केदार न्यौपाने, सह कोषाध्यक्ष विनिता सिंजाली मगर रहेका छन् । यस्तै सदस्यहरुमा अशोक दाहाल, भगवान खत्री, सन्तोष तामाङ, शुभद्रा ढंगाना, पुजन धिताल, सुन्दरी तामाङ निर्वाचित भएका छन् ।

संस्थाका जिल्ला अध्यक्ष अमरकृष्ण चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव दिनेश लामाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सविता ढुंगानाले आर्थिक प्रतिवेदन पेस गरेका थिए । कार्यक्रममा केन्द्रीय उपाध्यक्षद्वय अमृत खाती, उमा श्रेष्ठ, उप महासचिव गोविन्द दुलाल, केन्द्रीय सदस्य राजकुमार हुमागाई, श्रीकृष्ण दाहाल, वाग्मति प्रदेश संयोजक दिपक रिमाल, काठमाण्डौं जिल्ला अध्यक्ष गोविन्द ढंगाना, वाग्मति प्रदेश सदस्यद्वय सावित्री राना मगर, मिश्रा काफ्ले लगायतका कलाकार तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

संघले प्रदेश तथा जिल्ला अधिबेशन सम्पन्न गर्न तालिका नै बनाएर अघि बढेको छ । केहि जिल्ला तथा प्रदेशहरुको अधिवेशन सकाइसकेको संघले जिल्ला अधिवेशन सम्पन्न गरी यहि माग ३ गते बाग्मति प्रदेशको अधिवेशन काठमाण्डौमा गर्ने संघका केन्द्रीय महासचिव विक्रमजंग शाहले जानकारी दिएका छन् । संघको महाधिवेशन भने चैतको २८ गतेदेखि हुने भएको छ ।

  • साझा परिवेश
  • आइतवार, मंसिर २१, २०७७ २0:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid