April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

१२ वर्षपछि इन्जिनियरिङ कलेज सञ्चालन हुँदै

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ १0:५८
१२ वर्षपछि इन्जिनियरिङ कलेज सञ्चालन हुँदै

बिर्तामोड । स्थापना भएको १२ वर्षपछि बिर्तामोडमा इन्जिनियरिङ कलेज संचालन हुँदैछ । १२ वर्षअघि अर्जुनधारा ११ स्थित नयाँ बसपार्कमा स्थापना भएको पाथीभरा सेन्टर फर एड्भान्स स्टडीज (पीसीएएस) ले बल्ल सम्बन्धन पाएर कक्षा संचालन गर्न लागेको हो । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएर सो कलेजले यसै शैक्षिक सत्रदेखि सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स इन्जिनियरिङको पढाइ संचालन गर्ने भएको हो । ती तीनवटा फ्याकल्टीमा ४८–४८ जनाको कोटा रहेको छ ।

१२ वर्षपछि बल्ल आफूहरुले इन्जिनियरिङ कलेज संचालन गर्न लागेको संचालक युवराज प्रसाईले बताए ।‘ १२ वर्षपछि खोला पनि फर्किन्छ भन्छन्’उनले भने,‘ हाम्रो कलेज पनि त्यस्तै भयो १२ वर्षपछि बल्ल सम्बन्धन पायौं ।’ कलेज संचालनका लागि आबश्यक सबै भौतिक पूर्वाधार तयार गरिसकेका थिए । बसपार्कदेखि उत्तरपट्टि सवा विगाह जग्गामा सो कलेज निर्माण गरिएको छ । समयमै संचालन गर्न नसक्दा आफूहरुले निकै क्षति ब्यहोर्नुपरेको प्रसाईले जानकारी दिए ।सुविधासम्पन्न कक्षाकोठा , आवश्यक ल्याबसुविधा , दक्ष प्राध्यापकहरुबाट गुणस्तरीय अध्यापनजस्ता सेवा सुविधा रहने आफूहरुको कलेजमा अरु इन्जिनियरिङ कलेजसरह नै शुल्क लिइने प्रसाईले जानकारी दिए ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ १0:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट