झापा । कात्तिक ७ देखि विदा भएको सरकारी कार्यालयहरु ८ दिनपछि १५ गते मात्र खुल्ने भएका छन् । कात्तिक ७ गते लक्ष्मीपूजाको
दिनदेखि सुरू भएको सार्वजनिक बिदा १३ गतेसम्म रहेकोमा १४ गते १ नं प्रदेश सरकारले विदा दिएको हो ।
कात्तिक ७ गतेदेखि १० गतेसम्म तिहारको विदा रहेको थियो । तर, सरकारले शुक्रवार पनि सार्वजनिक बिदा दिएको छ । कात्तिक ७ गते लक्ष्मीपूजाको दिनदेखि सुरू भएको सार्वजनिक बिदा भाइटीकाको भोलिपल्ट शुक्रबार पनि कायम राखिएको हो ।
सरकारले शुक्रबार तिहार पर्वकै रुपमा सार्वजनिक बिदा दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।