May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

महागुरु फाल्गुनन्दको १३८ औं जन्म जयन्ती सालिक अनावरण गर्दै भव्यताको साथ मनाइयो

  • साझा परिवेश
  • शनिबार, कार्तिक २६, २०७९ १0:५६
महागुरु फाल्गुनन्दको १३८ औं जन्म जयन्ती सालिक अनावरण गर्दै भव्यताको साथ मनाइयो

ताप्लेजुङ । नेपालका १६ औं राष्ट्रिय विभुति किराँत धर्मगुरु तथा समाज सुधारक फाल्गुनन्द लिङदेन ज्यूको १३८ औं जन्म जयन्ती ताप्लेजुङमा भव्यताको साथ सम्पन्न भएको छ । कार्तिक २५ गते फाल्गुनन्द लिङ्देन ज्यूको ताप्लेजुङ बजारको तोक्मेडाँडामा निर्माण गरिएको १५ फिट अग्लो सालिकको किराँत धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुआमा पवित्रा हाङ्मा साँवाले अनावरण गरेका छन् । उक्त सालिक एउटै ढुंगा कुँदेर बनाइएको र निर्माणको क्रममा करिव एक करोड रुपैया खर्च भएको र उक्त रकम दाताहरुको सहयोगमा जुटाईएको निर्माण समितिका अध्यक्ष खगेन्द्र फेम्वोले जानकारी दिनुभयो ।
सालिक अनावरण सँगै फुङलिङ नगरपालिका ६ काहुलेमा निर्माण भएको किराँत हाङसाम माङ्हिमको समेत उद्घाटन भएको छ । विश्व शान्तिका लागि मानव एकता कायम राखौं भन्ने मूल नाराको साथ विभिन्न जातीगत संस्थाहरुको झाँकी समेतको उपस्थितिमा बजार परिक्रम गरेका थिए । किराँत धर्मगुरुहरुको स्वागत गर्न पुर्व पर्यटन मन्त्री तथा प्रतिनिधी सभा सदस्यका उम्मेद्वार योगेश भट्टराई फुङलिङ बजारको हेलिप्याडमा नै पुग्नु भएको थियो । सालिक अनावरण पछि प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङको उपस्थितिमा औपचारिक कार्यक्रम शुरु भएको थियो । आज प्रदेश १ सरकारले सार्वजनिक विदा दिएको छ ।
लिङ्देनका दिव्योपदेश हत्या हिँसा गर्न नहुने, झुटो बोल्न नहुने, मासुमंस तथा धुम्रपान, मध्यपान गर्न नहुने, पशुवलीको सट्टा फलफुल चढाउनु पर्ने लगायत थियो भने लिङ्देन आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ती किराँत धर्मको उत्थान तथा संरक्षणको निमित्त लागिरहे । वि.सं. २००५ सालमा उनको देहान्त भएपछि किराँत संघ संस्थाहरुले हरेक वर्ष कार्तिक २५ गते फाल्गुनन्द जयन्ती मनाउदै आएका छन् । महागुरु फाल्गुनन्दलाई वि.सं.२०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरिएको थियो ।

  • साझा परिवेश
  • शनिबार, कार्तिक २६, २०७९ १0:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।