May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

सिरहा अपडेट : डीएसपी वलीसहित आठ प्रहरी घाइते

  • साझा परिवेश
  • सोमवार, पुस २५, २०७९ 0८:३३
सिरहा अपडेट : डीएसपी वलीसहित आठ प्रहरी घाइते

सिरहाको मिर्चैया–३ स्थित सागरमाथा माविमा कक्षा ८ मा अध्ययनरत एक छात्राको मृत्युपछि आक्रोशित भीडको ढुङ्गामुढाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर वलीसहित आठ प्रहरी घाइते भएका छन् ।

बिहानैदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैया बजार क्षेत्रमा सडक जाम खुलाउने क्रममा पटकपटक झडप भएको थियो । भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले अश्रुग्यास र गोलीसमेत चलाउनुपरेको थियो ।

झडपमा आन्दोलनकारीले पेट्रोल बमसहित ढुङ्गामुढा प्रहार गरेको मिर्चैया प्रहरी कार्यालयले जनाएको छ । आन्दोलकारीको प्रहारबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रामकुमार चौधरी गम्भीर घाइते भएको डिएसपी वलीले जानकारी दिए ।

चौधरीको उपचारका लागि काठमाडौँ रेफर गरिएको र अन्यको स्थानीय मङ्गलम अस्पतालमा उपचार भइरहेको उनले बताए । आन्दोलनकारीका तर्फबाट पेट्रोल बम प्रहार गर्ने दुई व्यक्ति प्रहरी नियन्त्रणमा रहेको र आन्दोलनकारीतर्फ कुनै क्षति नभएको प्रहरी प्रवक्ता एवं सिरहाका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

विद्यालयको लापरबाहीका कारण छात्रा सिर्जनाकुमारी महराको उपचारको क्रममा गएराति निधन भएको थियो । मिर्चैयास्थित सगरमाथा हायर सेकेन्ड्री स्कूलमा अध्ययनरत सिरहा नगरपालिका–११ पदमपुरका धर्मेन्द्र महराको १६ वर्षीया छोरी सृजना कुमारी महराको मृत्यु भएको हो । पेट दुखेपछि औषधी सेवन गर्नेक्रममा स्प्रीट खाएकी उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा शनिबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महिनावारीका कारण पेट दुखेपछि सृजनाले शुक्रबार स्कूलकै एक शिक्षिकाले दिएको औषधि सेवन गर्ने क्रममा पानीको सट्टा स्प्रीट पिएकी हुन् । तर, पानी भनेर स्प्रीट पिएकी उनलाई उपचारका लागि अस्पताल लैजानुको सट्टा विद्यालयका संस्थापक तथा प्रिन्सिपल प्रदिप तिवारी केही भएको छैन भन्दै घर पुर्‍याइदिएको पीडित परिवारको आरोप छ ।

  • साझा परिवेश
  • सोमवार, पुस २५, २०७९ 0८:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट